लगानी बोर्ड सीईओमा सुशील भट्टको नियुक्तिविरुद्ध रिट दायर

२६ साउन ७७, सोमबार
Share this
742shares

२६ साउन, काठमाडौं ।
लगानी बोर्डमा सीईओ सुशील भट्टको नियुक्तिविरुद्ध सोमबार रिट दायर भएको छ।

Advertisement

लगानी बोर्डको सीईओमा भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको हो। अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका हुन्।

अदालतका प्रवक्ता शम्भु प्रसाद रेग्मीका अनुसार आइतबार नै रिट दायर भएको खबर आए पनि आज मात्रै भएको हो। आज दायर रिटमा नवनियुक्त सीईओ भट्टको योग्यता नपुगेको उल्लेख गरिएको छ भने उनको कार्यक्षमताको विषयमा पनि प्रश्न उठाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top