बाँकेमा १२ जना कोरोना सङ्क्रमित सम्पर्क विहीन

२६ साउन ७७, मंगलबार

२६ साउन,बाँके ।

बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए ।

उनका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगञ्ज ६ का २७ वर्षीया महिला, २४ गते सङ्क्रमित पुष्टि भएका नेपालगञ्ज–१२ का २८ वर्षीया महिला र नेपालगञ्ज १८ का ३५ वर्षीय पुरुष सम्पर्कमा आएका छैनन् ।

Advertisement

यसैगरी, साउन २४ गते सङ्क्रमित भएका नेपालगञ्ज १९ का ११ वर्षीया बालिका, १९ कै २४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ का १२ वर्षीया बालिका सम्पर्कविहीन रहेकाले खोजी कार्य भइरहेको छ । उनीहरु महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका हुन् तर स्वाब दिएपछि घर गएका थिए ।

साउन २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब सङ्कलन गरी २५ गते सङ्क्रमण पुष्टि भएका ४७ वर्षीया महिला, २४ वर्षीया महिला, चार र दुई वर्षका दुई बालक, र ४२ वर्षीय पुरुष पनि सम्पर्कमा आएका छैनन् । नेपालगञ्ज ११ का २९ वर्षीया महिला पनि सम्पर्कमा नआएको स्रोत व्यक्ति पर्सन श्रेष्ठले बताए ।

Advertisement

पटक–पटक सम्पर्क गर्दा आइसोलेशनमा आउन नचाहने र मोबाइल बन्द गर्ने गरेको पाइएको श्रेष्ठको दाबी छ । यीमध्ये कतिपयको मोबाइल बन्द भएको, कतिपयले नलाग्ने र नमिल्ने सम्पर्क नम्बर दिएको र दिएको नम्बरमा सम्पर्क गर्दा बालकका अभिभावकले हाम्रो बच्चा होइन भन्ने गरेको श्रेष्ठले जानकारी दिए ।

थप १५ मा सङ्क्रमण आज दिउँसोसम्म बाँकेका थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा आज गरिएको परीक्षण रिपोर्टअनुसार दुई चिकित्सक र केही प्रहरी १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालले सोमबार मध्यान्ह् १२ बजे सार्वजनिक गरेको विवरणअनुसार नेपालगञ्ज मेडिकल कलेजका दुई चिकित्सक, वडा प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत चार प्रहरीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top