२७ साउन, जनकपुर । जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत धनुषाका एक ६० वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।
विदेह नगरपालिकामा बस्दै आएका ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या देखिएको थियो ।
दमको समस्या बढेपछि २० दिनअघि उपचारका लागि जनकपुर ल्याइएका उनको खकारको परीक्षण गर्दा क्षयरोग देखिएको प्रादेशिक अस्पताल कोभिड–१९ उपचार केन्द्र संयोजक डा. जामुनप्रसाद सिंहले बताए ।
डा. सिंहले जारी गरेको स्वास्थ्य बुलेटिनमा ती पुरुषको कोरोना र निमोनियाका कारण मृत्यु भएको उल्लेख छ ।
क्षयरोगको उपचार भइरहेको उनको स्वाब ८ दिनअघि परीक्षण गर्दा पोजिटिभ पुष्टि भएको थियो ।