×

NEPAL TIMES UPDATES

Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026

ट्रम्पले अमेरिकालाई डुबाएको विपक्षी उम्मेदवारको आरोप

२९ श्रावण २०७७

२९ साउन, एजेन्सी ।
अमेरिकाको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार जो बाइडेन र कमला ह्यारिसले डोनाल्ड ट्रम्प एक अयोग्य नेता भएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले अमेरिकालाई कंगाल बनाएको उनीहरूको आरोप छ। मंगलबार डेमाक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनाएपछि कमलाले बाइडेनका साथ आफ्नो संयुक्त चुनावी प्रचार अभियान शुरू गरेकी छन्। दुवै उम्मेदवारले चुनाव प्रचार बाइडेनको गृहराज्य डेलभेयरस्थित एक हाइस्कुलबाट आरम्भ गरेका हुन्।

नोभेम्बर ३ मा हुने निर्वाचनमा बाइडेनले ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन्। कमला क्यालिफोर्नियाकी सांसद हुन्। यो पदमा उम्मेदवार बन्ने यिनी पहिलो अस्वेत तथा दक्षिण एशियालीमूलकी अमेरिकी महिला हुन्। अमेरिकामा बढ्दो कोरोना महामारीका कारण कार्यक्रममा आममानिस उपस्थित हुन पाएका थिएनन्।

केही पत्रकारलाई मात्र निम्त्याइएको थियो, उनीहरूले पनि सामाजिक दूरी पालना गरेका थिए। सम्बोधन कार्यक्रममा आउँदा बाइडेन र कमला दुवैले कालो रङको मास्क लगाएका थिए। कार्यक्रममा बाइडेनले भने, ‘‘नोभेम्बरमा हुने निर्वाचनले लामो समयसम्मका लागि अमेरिकाको भविष्य निर्धारण गर्ने छ।’’

राष्ट्रपति ट्रम्पले कमलाका बारेमा गरेको टिप्पणी आपत्तिजनक रहेको बाइडेनले बताए। ‘‘यो कुनै आश्चर्यको कुरा होइन, किनकि ट्रम्पलाई आलोचना गर्न राम्रै आउँछ, अमेरिकाको इतिहासमा सबैभन्दा बढी,’’ बाइडेनले भने, ‘‘तपाईंहरूमध्ये सबै अचम्मितत हुनु हुन्छ होला, ट्रम्प एक महिलासँग यतिविधि चिन्तित छन् भनेर।’’

कोरोना महामारी, जलवायु परिवर्तन, बेराजगारीलगायतका मुद्दामा बाइडेनले ट्रम्पको खुलेर आलोचना गरे। ट्रम्प ‘विभाजनकारी तथा नस्लीय राजनीति’मा लागेको आरोप पनि उनले लगाए। कमलाले आगामी निर्वाचन अमेरिकी जनताका लागि अत्यन्तै महत्वपूर्ण क्षण भएको बताइन्। ‘

‘हामी चिन्तित छौं, हाम्रो अर्थव्यवस्था, स्वास्थ्य, बालबालिकालाई लिएर। यी सबै कुरा अहिले दाउमा छन्,’’ उनले भनिन्, ‘‘अमेरिका यतिखेर सबल राष्ट्रपतिको माग गरिरहेको छ। हाम्रा अहिलेका राष्ट्रपति बढी मात्रामा आफ्नो चिन्ता गर्छन्, जनताको तुलनामा।’’

पूर्वराष्ट्रपति बाराक ओबामा र जो बाइडेनले अमेरिकाको अर्थव्यवस्था मजबुत बनाएका थिए, ट्रम्पले सबै कुरा जमिनमा ल्याएर पछारिदिएको कमलाको आरोप थियो। उनले थपिन्, ‘‘तपाईंहरूले जसलाई चुन्नु भयो त्यो कुर्सिका लागि योग्य छैन, अमेरिकाको हालत हेर्नुस् त, हाम्रो प्रतिष्ठा कहाँ पुगिसक्यो?’’

उता, ट्रम्पले पनि कमला र बाइडेनलाई यसअघि नै अयोग्यको बिल्ला लगाइदिइसकेका छन्। यी दुवै उम्मेदवार अमेरिकाका निम्ति असुहाउँदा भनेका छन्।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top