नारायणी अस्पतालमा कार्यरत १२ सहित थप ४९ जनामा कोरोना पुष्टि

२९ साउन ७७, शुक्रबार

३० साउन, वीरगन्ज ।
नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चिकित्सकसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४९ जना संक्रमितमध्ये २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिका, दुई जना महोत्तरीको जलेश्वर नगरपालिका, एक जना बाराको विश्रामपुरका र एक जना वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत कर्मचारी रहेका छन् ।

पर्साका २६ जना संक्रमितमध्ये १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार १२ महिलासहित दुई वर्षदेखि ६९ वर्ष उमेर समूहका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

नारायणी अस्पतालको एनआईसीयू विभागका एक चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका एकरएकजना स्टाफमा कोरोना देखिएको हो । अस्पतालका ३ जना स्विपर, ३ जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

४ जना संक्रमितमा खोकी र ज्वरोको लक्षण देखिएको छ । पैसा तिरेर स्वयम् परीक्षण गर्न आएका ६ जनामा कोरोना पुष्टि भएको छ । ग्लोबल आईएमई बैंकका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । जितपुर सिमरा उपमहानगरपालिकाका १९ जना संक्रमितमध्ये ६ जना वडा नम्बर २५ का बासिन्दा हुन् ।

Advertisement

तीन जना संक्रमित वडा नम्बर ३ का हुन् । अन्य संक्रमित वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ का बासिन्दा हुन् । जितपुरस्थित आर्मी ब्यारेकका एक जवानमा पनि कोरोना पुष्टि भएको छ

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top