३० साउन, विराटनगर ।
प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । शुक्रबार एकै दिन २ हजार दुई सय पाँचजनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो ।
शुक्रबार प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् । शुक्रबार ३५ जना कोरोना मुक्त भएका छन । हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
हालसम्म १ हजार ८ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेहरुको संख्या एक हजार ७५ रहेको छ । प्रदेश १ मा सबैभन्दा धेरै मोरंगमा संक्रमण देखा परेका छन । त्यस्तै क्रमशःझापा, सुनसरी र उदयपुरमा पनि संक्रमणको दर बढी छ ।