घर फर्कन नपाएका नेपाली भन्छन्: महँगोमा टिकट काट्छु भन्दा पनि पाइँदैन

३० साउन ७७, शनिबार

योगेन्द्र योगी
३१ साउन, दोहा ।
सरकारले भदौ १ गतेदेखि अन्तराष्ट्रिय हवाई उडान सूचारु गर्ने निर्णय गरेसँगै प्रवासी नेपालीहरुले खुशी व्यक्त गरेका थिए । तर, सरकारले त्यो निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेपछि मात्र अन्तराष्ट्रिय हवाई सूचारु गर्ने जनाएपछि लामो समयदेखि काम विहीन भएर बसेका खाडी राष्ट्रका नेपालीहरु सरकार प्रति आक्रोशित भएका छन् ।

विगत केहि वर्षदेखि यूएईमा कार्यरत काभ्रेका जयराम नेपाल कोरोनाका कारण कम्पनीले कामदार कटौती गरेपछि पाँच महिनादेखि स्वदेश फर्कने तयारीमा बसेको तर, सरकारले हवाई उडानको मिति सारेपछि घर फर्कने आशै मर्न थालेको बताउँछन् । उनले आक्रोश पोख्दै भने– ‘सरकार र सरकारी निकायकै मात्र राज्य रहेछ । देशमा रोजगार नभएर लाख खर्च गरेर हजार कमाउन खाडी पसेका नेपालीको समस्या कहाँ देख्यो सरकारले ? आफ्ना बालबच्चा सन्तानसँगै भएपछि अरुको के मतलब सरकारलाई ?’

उनले भने– ‘कोरोनाबाट जोगिएर के फाइदा जब कोरोनाकै कारण अर्काको देशमा भोकभोकै सडकमा पुग्नुपर्ने अवस्था आउँछ भने । भोलिदेखि नै एयरर्पोट खुलाउनु आन्दोलन हुन्छ भने म मेरो सबै परिवारलाई सडकमा आन्दोलन गर्न जाउ भनिदिन्छु ।’

Advertisement

सरकारले दैनिक ५०० जनाको कोटा तोकेर नेपालीलाई उद्दार गर्ने भनेपछि यूएईमै काम बिहिन भएर स्वदेश फर्किने पर्खाइमा रहेका अछामका हाङ् राई भन्छन्, ‘कोटा तोकेर उद्धार गर्नुभन्दा विमानस्थल नै बन्द गरिदिए हुन्छ । ६ महिनादेखि खाइ न पाई अर्काको देशमा दुःख पाएर बसेको छु । मानसिक तनावले आफैंलाई सम्हाल्न गाह्रो भएको छ । देशले केही सहयोग गर्ला कि भन्ने आशा छ । सरकार भने कानमा तेल हालेर बस्छ ।’

Advertisement

यस्तै अर्का युवा अर्जुन बोहोरा भन्छन्–‘यूएईबाट मात्र स्वदेश फर्कने नेपालीको संख्या ४२ हजार भन्दा बढी छ अहिलेसम्म बल्ल बल्ल करिव १४ हजार जना मात्र फर्किएका छन् ।’ बोहोरा भन्छन्– ‘यहाँ यूएई सरकारले धमधम जरिवाना लगाइरहेको छ । महङ्गो टिकट काटेर फर्किन्छु भन्द पनि टिकट पाइदैन । अन्य देशका सम्पूर्ण साथीहरु आफ्नो मुलुक फर्किसके । रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको हाम्रो सरकार वास्तै गर्दैन, अब आन्दोलन गर्न बाहेक अर्को बिकल्प छैन ।’

उनीहरुले सरकारले चार्टर्ड उडानको नाममा ४ गुणा महँगो टिकट बेचेर नियमित उडान खुलाउन नचाहेको आरोप लागाएका छन् । चार्टर्ड उडानमार्फत अधिकांश पैसा हुने तथा कम्पनीले टिकट दिएकाहरु फर्किए पनि वास्तविक पीडित अझै खाडीमै स्वदेश फर्किने दिन गरेर प्रतिक्षा गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top