विराटनगरमा शनिबारदेखी ‘लियो फुटसल टुर्नामेन्ट’ सुरु हुदै

१३ बैशाख ७५, बिहीबार
Share this
817shares

टेकराज बन्जरा
विराटनगर, वैशाख १३
आगामि वैशाख १५ गते शनिबारदेखी विराटनगरमा लियो फुटसल टुर्नामेन्ट–२०१८ सञ्चालन हुने भएको छ । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।

Advertisement

फुटसल टुर्नामेन्टमा लियो डिस्ट्रिक ३२५ ए वान अन्तर्गतका दश वटा लियो क्लबले प्रतिष्पर्धा गर्ने विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

विराटनगर तिनपैनी स्थित स्पोर्टस् हबमा हुने फुटसल टुर्नामेन्टको उद्घाटन खेलमा मैत्रीपूर्ण खेलहरु खेलाईने लियो क्लब विराटनगर सेन्ट्रल मेघाका अध्यक्ष रितेश मैनालीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Advertisement

फुटसल प्रतियोगिताको फाइनल खेल आगामि वैशाख १८ गते हुनेछ । प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र एवं विभिन्न पुरस्कारहरु वितरण गरिने जनाइएको छ ।

लियो क्लव लायन्स क्लबको युथ प्रोजेक्ट अन्तर्गत रहेको युवाहरुको समुह हो । जसले विभिन्न सामाजिक कार्यहरु गर्दैै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top