राखेपका नवनियुक्त बोर्ड सदस्यले लिए सपथ

१ भदौ ७७, मंगलबार

१ भदौ, काठमाडौँ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । त्रिपुरेश्वर स्थित राखेपमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्मा सुनुवारले ६ सदस्यलाई शपथ खुवाए । शपथ लिनेमा रिम रानाभाट, ईन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन् ।

मन्त्रिपरिषदबाट ६ सदस्यलाई साउन १४ गते मनोनयन गरेको थियो । उनीहरुले सोमबार मात्र सपथ लिएका हुन । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले नियुक्त सदस्यहरुलाई जिम्मेवारीका कार्यभार पूरा गर्न शुभकामना दिए । मन्त्री विश्वकर्माले पछिल्लो समय खेलकुदले नयाँ फड्को मारेको, नयाँ ऐन लागू भएको र पूर्वाधारमा उल्लेख्य विकास भएको बताए । मन्त्री विश्वकर्माले बाँकी बोर्ड सदस्यले चाडै पूर्णता पाउने जानकारी गराएका थिए । त्यसका लािग गृहकार्य भईरहेको समेत विश्वकर्माले बताए ।

नवनियुक्त सदस्यबाट प्रतिनिधित्वि गर्दै सदस्य इन्दिरा निरौलाले खेल र खेलाडीलाई राम्रो बनाउनका दिएको कार्यभारलाई पूरा गर्ने प्रतिबद्धता जनाए । नयाँ ऐन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार कुल ३७ जनाको बोर्ड हुनेछ । यसअघि राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top