काठमाडौं उपत्यकामा पुनः लकडाउन ?

काठमाडाैँ : कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् ।

कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैँ सचेत र जागरुक नहुँदा उपत्यकामा जोखिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता सहायक जिल्ला अधिकारी तुल्सीराम पौडेलले बन्दाबन्दी वा निषेधाज्ञाको विषयमा छलफल भइरहेको जानकारी दिए।

‘‘अहिलेकै अवस्थामा बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्न जरुरी छैन,’’ उहाँले थप्नुभयो, ‘‘मङ्गलबारबाट समूह गत हिँड्डुल, सामाजिक तथा भौतिक दूरी कायम राख्ने कार्यमा कडाइ गरिनेछ । सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य गरिएको छ ।’’

Advertisement

सवारी सञ्चालनमा जोर–बिजोर, मास्क र सेनिटाइजरको सही प्रयोग, होटल तथा रेष्टुराँ, चिया पसल, पार्टी प्यालेस, पसल, सुपरमार्केट, सार्वजनिक स्थानमा सर्वसाधारणको उपस्थिति तथा भीडभाडलाई यसअघि नै पूर्ण रूपमा निषेध गरिएको छ ।

तर उपत्यकावासी मास्कसमेत प्रयोग नगरी सडकमा निस्कने, बिहे, जन्म दिन, धार्मिक चाडपर्वका नाममा आफन्त साथीभाइ जम्मा पारी समूह गत भोज भतेर र पार्टी गर्न थालेपछि कोरोना सङ्क्रमणको समस्या थपिएको भनाइ स्थानीय सुरक्षा अधिकारीको छ ।

Advertisement

कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रतिकार्य योजना अनुसार लागू गरिएको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड सर्वसाधारणले पालना गरे नगरेको तीनवटै जिल्ला प्रशासन कार्यालयबाट नियमित अनुगमनसमेत हुने गरेको छ ।

अनुगमनबाट अधिकांश नागरिकले लापरबाही तथा हेलचेक्रयाइँ गरेको पाइएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सम्झाइबुझाइ गर्दा पनि अटेर गर्नेका कारण कोरोना फैलिएको बताए ।

जोखिमको बेला सडकमा सुरक्षाकर्मी खटाएर नियन्त्रण गर्छु भन्दा पनि सम्भव छैन, शान्तिसुरक्षा तथा कोरोना रोकथाम प्रतिकार्य सुरक्षामा खटिएका सुरक्षाकर्मी नै सङ्क्रमित बन्दै गएको बेला आमनागरिकले आफ्नो सुरक्षाका लागि घरमै बन्दाबन्दी बस्नुबाहेक अन्य विकल्प नभएको उनी बताउँछन् ।

उपत्यकामा प्रतिदिन झण्डै १५० जनाको हाराहारीमा कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्नुपर्ने सुझाव सुरक्षा निकायको छ । काठमाडौँ उपत्यकाको नाका तथा टोल ‘सिल’ गरेर मात्र नियन्त्रण सम्भव छैन उनले भने, केही दिन आन्तरिक सुरक्षामा कडाइ गर्नुपर्ने हुन्छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमण देखिएका स्थानीयवासीलाई अति जरुरी कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभयो । अटेरका कारण सङ्क्रमण बढेको स्पष्ट पार्दै उनले स्थानीय तहले पनि निषेधाज्ञा जारी गर्न सक्ने बताए ।, याे खबर गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top