×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

भारतले नेपाललाई धेरै घुर्की लगाएर बस्न सक्दैन: डा. भेषबहादुर थापा [अन्तरवार्ता]

२ भाद्र २०७७

काठमाडाैँ : भारतले गतवर्ष नेपालको कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै संवादका लागि कुटनीतिक नोट लेख्यो । तर भारतले त्यस विषयमा संवाद गर्न कुनै चासो दिएन । फेरीपनि कालापानी क्षेत्रमा सडक निर्माण गरी उद्घाटन गरेपछि भने नेपालमा जनस्तरबाटै तिब्र विरोध भयो । सरकारले संवादका लागि पटकपटक कुटनीतिक नोट पठाए पनि भारतले संवाद गर्न चासो नदेखाएपछि नेपालले जवाफस्वरुप आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ । त्यसका लागि नेपालले संविधान समेत संशोधन गरको छ । जसमा नेपालको संसदमा रहेका सबै राजनीतिक दलको सहमति रहयो । त्यसयता भारत र नेपालबीच संवादहीनताको स्थिति पैदा भएको थियो । तर शनिबार (अगष्ट १५) भारतको स्वतन्त्रता दिवसको दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदी बिच करिब ११ मिनेट संवाद भएको थियो । त्यस लगत्तै सोमबार दुई देशका विकास निर्माण सम्बन्धी समितिको बैठक बसेको थियो । यसबाट नेपाल र भारतबीच रहेको संवादहीनताको अवस्थाको अन्त्य भएको टिप्पणी भएको छ । के अव नेपाल र भारतबीच सीमा विवादका विषयमा पनि संवाद होला ? भारतले यसलाई कसरी लिइरहेको छ ? लगायतका विषयमा केन्द्रीत रहेर नेपाल टाइम्स संवाददाताले पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा. भेषबहादुर थापासँग कुराकानी गरेका छन् ।

नेपाल भारत सम्बन्धको कुरा गर्दा यहाँलाई सबैले सम्झिराखेका हुन्छन । अहिलेको परिस्थितिमा दुई देशको सम्बन्धलाई तपाई आफुले कसरी विश्लेषण गर्नु भएको छ ?
परिस्थिति अचानक असहज बन्दै गयो । लामो अवधिसम्म संवादबिहीन अवस्थाको सृजना भयो । यसको सुरुवात कहाँबाट भयो भन्दाखेरी सीमावर्ति इलाकामा दुवै देशको दावेदारी लामो अवधिदेखि विवादास्पद भनेर स्वीकारेको भुभागलाई भारतले जम्मुकस्मिरको नयाँ नक्सा उतार गर्दाखेरी नेपालको विवादित भूमिलाई पनि सँगै राखेर निकाल्यो । जुन कुरा संवाद भइराखेको बेलामा, विवादित भनिएको बेलामा दुवैले स्वीकारेको कुरामा संवाद बिना जुन निष्कर्ष भारतले निकाल्यो त्यसले गर्दाखेरी अप्ठेरो अवस्थामा नेपाल प¥यो । अनि नेपालले पनि आफ्नो भूभागको स्वामित्व कायम गर्नका लागि नयाँ नक्सा निकाल्यो । त्यसपछि यो प्रक्रियालाई संवादबाट समाधान गर्ने भन्ने कुरामा दुवैले निरन्तर दशकौंदेखि अभ्यास गर्दै आएको माथिल्लो तहदेखि लिएर प्रशासकीय र प्राविधिक तहमा विवादित भूमि खासगरेर भारत नेपाल दुईवटाको सीमाको बारेमा संयुक्त समूह बन्दाखेरी त्यसले ल्याएकोमा पनि सुस्ता र कालापानी बाहेक अन्य कुरामा हाम्रो सहमति छ भन्ने प्रतिवेदन दिएको यो सबै वार्ता हुँदाहुँदै अचानक नयाँ परिस्थितिको सृजना भयो । नेपालले वार्ताका लागि आव्हान गरेर कुटनीतिक प्रक्रियाबाट समस्या समाधानको लागि आव्हान गरेको तर त्यसको जवाफ नै नदिइकन भारतले मौनता अपनाएपछि एक प्रकारले चिन्ताजनक अवस्थामा हामी प्रवेश ग¥यौं । तर ज्यादै निकट सम्बन्ध भएका दुई छिमेकी देशहरुको बिचमा आवातजावत देखि लिएर, व्यापार बन्द देखि लिएर, समाजिक सम्बन्ध देखि लिएर अन्य कुरामा अवरोध त थिएन । पहिले पहिले जुन प्रकारको नाकावन्दी नै भएको ईतिहासले गर्दाखेरी नेपालले वार्ताकै लागि आव्हान गरेर चुप लागेर बस्यो । तर एउटा फरक किसिमको संवाद आयो त्यो के भन्दा कोरोना भाइरस सकिएपछि वार्ता गरौंला भन्ने किसिमको सम्बोधन भएको तर त्यसपछि संवाद बिहिन अवस्था रहयो ।

Advertisement
Advertisement

राजनीतिमा आइसब्रेक भन्ने शब्द धेरै नै प्रयोग हुन्छ । कुटनीतिमा सायद कम नै हुन्छ होला । हाम्रो प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री बिच भएको करिब ११ मिनेटको संवाद र दुई पछिल्ला विकास निर्माण सम्बन्धी वार्तालाई संवादको सुरुवातको अर्थमा बुझ्न सकिन्छ कि सकिदैन ?
संवादहीन अवस्था भन्दा अगाडि दुई देशको विकास निर्माण सम्बन्धी निकायमा ढिलासुस्ति भयो, समयमा काम भएन भन्ने गुनासो नेपालमा बराबर भएको हो । त्यसलाई सम्बोधन गर्नका लागि नेपालको परराष्ट्र सचिव र भारतको राजदूतले वार्षिक बैठक गरेर समिक्षा गर्ने र अगाडि बढाउन के गर्न सकिन्छ भन्नेमा सम्बोधन गर्ने जुन निकाय थियो त्यसको बैठक भएको हो । त्यसलाई पनि हेर्दा संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको संकेतको रुपमा हामीले लियौं । किनकी त्यो भन्दा अगाडि कुनै प्रकारको औपचारिक भेटघाट र संवाद भएको थिएन । भारतको स्वतन्त्रता दिवसको अवसरमा दुईवटा प्रधानमन्त्रीको बिचमा वार्ता हुने र वार्तामा भनिए नभनिएपनि दुई देशको सम्बन्धमा भएको संवादहीनतालाई माथिल्लो तहमा सर्वोच्च तहमा तोडिएको मात्र होइन भएका समस्याहरुको समाधान वार्ताबाट गर्ने भन्ने किसिमको आभास पनि भएको हो । त्यसले गर्दा जुन एउटा अप्ठेरो पनले संवादहीन परिस्थिति सृजना भएको थियो त्यसो भएकाले संवादको सुरुवात सिमित रुपमा विकास निर्माणको आयोजनाहरुको समालोचना गर्ने र त्यसपछि दुईवटा प्रधानमन्त्रीको बिचमा सम्बन्ध भएकोले संवादको सुरुवात मात्रै होइन समझदारीको पनि नयाँ आधार खडा भएको छ कि भन्ने कुरा बुझ्न सकिन्छ ।

हामी छिमेकी त फेर्न सक्दैनौं । सम्बन्धलाई सुधार गर्ने हो । कहाँनेरबाट चुक्दै गयो । हामी चुक्यौं की भारत चुक्यो ?
यो आखिरी प्रक्रियामा भारत चुकेको हो यो हिसाबबाट की दुई देशले निरन्तर सम्बोधन गरेर विवादीत भनेर विवादको समस्या समाधान खोज्नको लागि निरन्तर बैठक भइरहेको प्राविधिक तहमा, प्रशासकीय तहमा, कुटनीतिक तहमा र राजनीतिक तहमा । दुईवटै प्रधानमन्त्रीले भेटेको संयुक्त समितिमा पनि कालापानी र सुस्तालाई विवादित भूमि भन्ने कुरा ठहर भएको हो । त्यो हुदाहुँदै नयाँ नक्सा निकालेर विवादीत भूभागलाई संलग्न गर्दाखेरी नेपाल एउटा कुनामा खुम्चिएको जस्तो देखियो । त्यसलाई प्रतिकार गर्ने एउटै उपाय थियो हामीले पनि त्यही प्रकारले संविधानमा संशोधन गरेर आफ्नो भूभागको स्वामित्व कायम गर्ने जमर्को गर्ने । त्यसले एउटा संवादले निरन्तरता पाउनुको सट्टा विगतदेखि भइराखेका संवादहरुलाई एकप्रकारले संवादहीन अवस्थामा परिणत ग¥यो । कुटनीतिक तहमा भएका संवादका आधारहरु उत्तरहीन अवस्थामा छन् । अब जत्तिकै अप्ठेरो समस्या भएपनि समाधानको खोजी संवादबाहेक अन्य विकल्पबाट हुन सक्दैन ।

तपाईले भारतलाई निकै नजिकबाट हेरिराख्नु भएको र इपिजीमा पनि संलग्न भएको हुनाले इपिजीको प्रतिवेदनलाई अस्विकार गर्दैगर्दाखेरी हामी अप्ठेरोमा जाँदैछौं अथवा भारतले हामीप्रति हेर्ने दृष्टिकोणचाहिं त्यति सकारात्मक छैन भनेर हामीले बुझ्न सक्छौं की सक्दैनौं ?
इपिजीको प्रतिवेदनलाई बुझ्दैनौं भन्ने छैन । तर ढिलाई भएको अवस्य हो । बुझ्नलाई चाहिं नकारात्मक धारणा राखेको होइन । अहिले सम्मपनि भगतसिंह कोसिहारी र मेरो बीचमा संवाद भइरहेको छ । हामीले आशा छोडेका होइनौं । तर ढिलाई भएको अवस्य हो । इपिजीको रिपोर्टमा हेर्दा मुख्य कुरा के छ भन्दा त्यो एकपच्छिय प्रतिवेदन होइन । नेपालको मात्रै गुनासो होइन । भारतको गुनासो पनि त्यसमा समावेस भएको छ । समाधानको खोजि दुवै पक्षले एउटै प्रतिवेदन तयार गरेर निष्कर्षमा पु¥याएको सायद यो पहिलो अभ्यास होला । अव ढिलो भएको हो ढिलो हुँदाहुँदैपनि हामी प्रतिक्षमा छौं । तर नेपाल पक्षको संयोजकको हिसाबले म के भन्छु भने जुन विषयमा हामीले प्रवेश गरेका छौं जुन विषयलाई सम्बोधन नभइकन विगतमा देखिएका अप्ठेरोपनहरुको समाधानको खोजिमा दुवै पक्षले एउटै प्रतिवेदन तयार गरेर ल्याएको छ । ढिलो चाडो प्रतिवेदनको भविस्य जे सुकै होस ती विषयहरुलाई सम्बोधन नगरीकन दुइवटै प्रधानमन्त्रीहरुले यसको सृजना गर्नुभन्दा अगाडि संवादको आधारमा यसलाई जन्म दिए त्यो परिस्थिति पनि कायम नै छ र निष्कर्षपनि सुधारोन्मुख छ । ढिलोचाँडो ती समस्याहरुलाई प्रतिवेदनलाई स्वीकारेर होस वा नस्वीकारेर होस ती समस्याको समाधान तिर नलागिकन सम्बन्धको अपेक्षाकृत सुधार हुन गाह्रो छ ।

पछिल्लो समय भारतको नेपालसँग अथवा पाकिस्तानसँगको सम्बन्ध झनै विग्रेर गएको छ । त्यस्तै अन्य छिमेकीहरुमा पनि त्यस्तै छ । के भारत अहिले दवावमा परेको अवस्था हो ?
सञ्चार माध्यमहरुले जनाउ दिएको अनुसार छिमेकीहरुसँगको सम्बन्धमा सुधार गर्नुपर्छ भन्ने सम्बोधन भारतका बुद्धिजिबि देखि लिएर सञ्चार माध्यले गर्दै आएका छन् । म भारतको अरुसँगको जिद्धिपनको सम्बन्धको बारेमा केही भन्न चाहन्न । त्यो भारतको आफ्नै अवधारणा हो । तर नेपालसँग सम्बन्ध सुधार गर्नुपर्छ भन्ने कुरा बिचबिचमा भारतमा सरकार फेरिदाखेरी वा पार्टी फेरिदाखेरी कुरा नउठेको होइन । मोदी जी नै प्रधानमन्त्री भएपछिको छोटो समयमा नेपालमा आएर संविधान सभालाई जुन सम्बोधन गर्नुभयो एकप्रकारले हेर्दाखेरी हाम्रो सम्बन्धले कोल्टो फेर्ने अवसरको रुपमा हामीले त्यसलाई लिएका थियौं । तर त्यसपछि अप्रिलको घटनाहरुपनि भयो र व्यापार देखि लिएर सबै कुराको निषेधको अभ्यास पनि भयो । तर धेरै लामो समयसम्म खुला सिमाना भएको दुईवटा निकट छिमेकीको बिचमा सरकारी स्तरमा होस या अन्य सबैठाउँमा कटुता देखिएपनि जनताको बीचमा जुन सम्बन्धको आधारहरु छन त्यो दुवै तर्फको दैनिक जीवनसँग सम्बन्धित कुराहरु छन, समाजिक रितिरिवाजको कुरा छ ईतिहासदेखि लिएर सबैकुराहरु त्यसमा समावेस छ । घुर्कि लगाएर केही समय बोल्दीन भन्ने कुरा एउटा हो तर त्यो धेरै लामो अवधिसम्म रहन सक्दैन । अहिले देखिएका संकेतहरुले त्यो अप्ठेरो अवस्थालाई पार गर्नको लागि दुवै राजी भएको हो की भन्ने देखिन्छ । किनभने प्रधानमन्त्रीको तहमा संवादको सुरुवात हुनु भनेको त महत्वपूर्ण अवसर हो ।

नेपालको र भारतको सम्बन्ध ब्युरोक्याटको तहबाट भन्दापनि राजनीतिक तहबाट समाधान खोजिनुपर्छ भन्ने बहसपनि उठ्ने गरेको छ । यो विषयमा तपाईलाई के लाग्छ ?
भारत स्वतन्त्र भएपछि त्यसको हाराहारीमा नेपालमा पनि प्रजातन्त्र आयो । जुन अवधारणाको आधारमा भारतको साम्राज्यले नेपालसँग सम्बन्ध कायम गर्दाखेरी जुन अवधारणाबाट प्रेरित थियो त्यसलाई अव एउटा नयाँ आयाममा सुरुवात गर्नको लागि १९५० को सन्धी देखि लिएर अनेक प्रावधानहरुलाई सुधारको पाटोमा लैजानु पर्छ भन्ने कुराको गुनासो मात्रै होइन यसलाई धेरै परिवर्तनको बाटोमा लैजानलाई प्रयत्न गरेको लामो ईतिहास छ । म सम्झिन्छु भारतमा राजनीतिक परिवर्तन भएपछि खासगरेर जवारलाल नेहरुपछि लालबहादुर शास्त्री आउनुभयो उहाँलेपनि छिमेकसँगको सम्बन्ध राम्रो गर्ने मेरो प्राथमिकता हो भन्नुभयो तर उहाँ धेरै बाँच्नुभएन । उहाँले कार्यान्वयनको पक्षमा लैजान पाउनुभएन । एउटा कुरा के छ भने ब्युरोक्रायटिक फ्रेमवर्क भारतले व्रिटिससँग लियो त्यो एकप्रकारले हेर्दाखेरी साम्राज्यको अवधारणालाई बोकेर बसेको संयन्त्र जस्तो देखिन्थ्यो । चाहे १९५० को सन्धी भनौं वा त्यसपछि भएका व्यापार अथवा ट्रेड सम्झौता भनौं । शास्त्रीजी पछि ईन्दिरा गान्धि आएपछि एक प्रकारले हेर्दाखेरी भारतको परम्परागत सोचाइमा नै फेरी फर्केर गयो की भन्ने आभास पनि थियो । त्यसपछि आइके गुजरायल आउनुभयो उहाँले छिमेकीहरुसँग ननरेसिपेटको ट्रिटि व्यवहार गर्छु भनेर नेपाल मात्रै होइन अरु छिमेकीसँगपनि उहाँले नयाँ सुरुवात गर्नुभयो तर उहाँपनि धेरै टिक्नुभएन । उहाँको राजनीतिक पकड त्यति बलियो नभएको हुनाले उहाँ बर्हिगमन हुने वित्तीकै फेरी हामी एउटा अप्ठेरो अवस्थामा प्रवेश ग¥यौं जहाँ त्यो बेलामा राजिव गान्धिको बेलामा पुरानो सन्धीलाई नयाँ अथवा प्रतिगामि दिशातिर लैजाने प्रक्रिया पनि सुरु गर्नुभयो जुन त्योबेलाका राजा र मन्त्रीमण्डलले अस्वीकार गरेपछि चिसोपन सुरुभयो । अब मोदी जीले नयाँ अवस्था सृजना गर्नको लागि जुन कुराहरु उहाँले व्यक्त गर्नुभयो अव हेर्न बाँकी छ त्यो कति सकारात्मक दिशामा जान्छ । तर बिचबिचमा भएको उतारचढावले गर्दाखेरी स्टाविलिसमेन्ट र सेक्युरिट कन्सर्नले प्रसय पाएर छिमेकीहरुलाई थिचोमिचो गर्ने वा हाम्रो निगरानी अन्तर्गत राख्नुपर्छ भन्ने अवधारणा यो परम्परागत अवधारणा हो । त्यसमा परिवर्तन भएको छ तरपनि खासगरेर सुरक्षाको अवधारणामा भारत र भारतका छिमेकीहरुको भिन्न दृष्टिकोण भएकोले गर्दा उतारचढाव भइराखेको छ । त्यसलाई सम्बोधन गर्ने भनेको बौद्धिक अभ्यास, सञ्चारको माध्यमाबाट जनतालाई सुसुचित गर्ने र राजनीतिक तहमा प्रवेश गर्ने प्रतिवद्धता त्यसमा उतारचढाव भएको छ तर नेपालले पनि आफ्नो ठाउँ छोडेको छैन् । नेपालमा राजा बलियो हुँदाखेरी होस, राजा नहुँदाखेरी होस वा जुनसुकै पार्टी सत्तामा भएको बेला होस भारत र नेपालको सम्बन्धका बारेमा मुलभुत कुराहरुमा नेपालमा राष्ट्रिय सहमति छ ।

कतिपय कुरामा भारतको विषयमा नेपालको उत्ताउलो कुटनीति भयो भनेर पनि टिप्पणी गरेको देखिन्छ । जिम्मेवार व्यक्तिहरुले पनि हल्का टिप्पणी गरिदिने भएको छ । त्यसमा तपाईको धारणा के छ ?
एउटा कुरा के हुन्छ भने राष्ट्रिय सुरक्षाको अवधारणा सर्वमान्य हुनुपर्छ । त्यसको निष्कर्षमा पुग्ने एउटा प्रक्रियामा व्यापक संवाद र सहकार्य हुनुपर्छ । हामी त्यो हिसाबबाट अझ परिपक्व भइसकेका छैनौं । त्यसले गर्दाखेरी बिचबिचमा अधिकारमा भएका व्यक्तिहरुले पनि आचारसंहिता अपनाएर त्यसको वरिपरि रहेर आफ्नो कार्य सञ्चालन गर्नुको सट्टा उछि«ङखलता पनि देखिएको छ, अनुशासन हिनतापनि देखिएको छ र दलहरुको बिचमा पनि फरक फरक अवधारणा देखिएको छ । त्यसैले हामीले बाहिरी जगतलाई हेर्दाखेरी जुन देशमा परिपक्व विदेश नीति छ त्यसमा प्रवेश गर्नुभन्दा अगाडि र त्यसको सही व्याख्या गर्नुभन्दा अगाडि राष्ट्रिय बहस भएर त्यसमा प्रतिवद्धताको विन्दुमा पुग्ने अभ्यास बिचबिचमा नभएको होइन तर त्यसले सबैलाई एकठाउँमा राखेर त्यसको अधिनमा बस्दाखेरी राष्ट्रको हित हुन्छ र मूलभूत कुराहरुमा तलमाथि हुँदैन हामी थिचोमिचोमा पर्दैनौं भन्ने कुराको अभ्यासमा परिपक्वता ल्याउने प्रक्रियामा नेपाल अझैपनि पछाडि नै छ ।

Advertisement

अन्त्यमा अहिले भएको विकास निर्माण परियोजना सम्बन्धी बैठक र दुई प्रधानमन्त्री बिचको संवादले गर्दा अव हामी अलिकति आशावादि हुने ठाउँ रहयो भन्न सकिन्छ ?
संविधान संसोधनकै कुरा गरौं नेपालको संसदमा भएको कुनैपनि पक्षले प्रतिकुल अवधारणा राखेन । सर्वसम्मतबाट त्यो प्रक्रियामा हामी प्रवेश ग¥यौं । परिपक्वताको बाटोमा जानको लागि अहिले गहिरो अभ्यास र पहिलोपटक राष्ट्रिय तहको दृढता व्यक्त भएको छ त्यसलाई निरन्तरता दिनुपर्छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top