मरुभूमिमा अलपत्र नेपालीको चित्कार – खानलाई पैसा छैन, पीडा कसैले देखेनन्

२ भदौ ७७, बुधबार

योगेन्द्र योगी
३ भदौ, दोहा ।
काठमाडौंस्थित एसआरके नेपाल मेनपावर मार्फत १८ महिना अघि कुवेत पुगेका ३३ नेपाली बिचल्लीमा परेका छन् । कुवेतस्थित अल राकिव बिल्डिंग कंस्ट्रक्शन कम्पनीमा उनीहरु बिगत ६ महिनादेखी अलपत्र अवस्थामा छन् ।

सुनौलो भबिष्यको सपना बोकेर कुवेत पुगेका रोल्पाका प्रकास मगर भन्छन– ‘यहाँ आएपछि नत मेनपावर भने अनुसार नै काम दियो नत दामनै दियो, कोरोनाको कहरमा पनि १० घण्टा काम लगाए पनि पैसा दिएन । आज दिन छु भोलि दिन्छु भन्दै आज ६ महिना बितिसक्दा पनि हामीले कम्पनीबाट केही पाएका छैनाैँ । हामीहरुको पनि घरमा बालबच्चा परिवारलाई छोडेर उनीहरुको उज्वल भबिष्यको लागि विदेश आइयो, नत माम खान पाइयो नत काम ।’

अहिलेसम्म केही नेपाली संघ सस्था खाद्यान्न उपलब्ध गराएपनि त्यो खाद्यान्न सकिएको र अन्य खानेकुरा किन्न आफूहरुसंग पैसा नभएको पीडितहरुले बताएका छन् । मगर भन्छन्– ‘यो अवस्थामा नेपाल सरकारले हामीलाई छिटो भन्दा छिटो उद्दार गरोस् ।’

Advertisement

उनीहरुले अफूहरू घर फर्कन चाहेको भएपनि कम्पनीले कुनै चासो नदेखाएको भन्दै दुःख व्यक्त गरे । उनीहरुले केही दिनदेखि राम्रोसँग खाना खान समेत नपाएको बताएका छन् ।

आफूहरुले केही राहत मिल्छ की भन्ने हेतुले कुवेतस्थित नेपाली दूतावासमा पटक पटक जानकारी गराएको तथा दूतावासका कर्मचारीहरु कोठामै आएर आफूहरुको समस्या देखेको र चाडै उद्दारको पहल गर्ने आश्वासन दिएपनि अहिलेसम्म केही नभएको उनीहरुले बताएका छन् । कुवेतको लेबरकोटमा सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएकोमा पीडितहरुले बताए ।

Advertisement

म्यानपावरमा सम्पर्क गर्दा सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कसैले केही नगरेको उनीहरु बताउँछन् । आफूहरु एउटा सानो कोठामा १९,२० जना बस्नु परेको कारण कष्टकर जीवन बिताउन बाध्य भएको बताउछन् ।

पीडितहरुले सहयोग गरिदिनका लागि पटक पटक विभिन्न संचारमाध्यमहरुबाट आग्रह गरेपनि आफूहरुको समस्या कसैले नसुनेकोमा दुख ब्यक्त गरेका छन् ।

यता, वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा रहेका नेपालीहरुको छाता संगठन एनआरएन कुवेतले उनीहरुलाई केही राहत सहयोग गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top