सैनिकको कब्जामा रहेका मालीका राष्ट्रपतिले गरे राजीनामाको घोषणा

२ भदौ, एजेन्सी ।
पश्चिम अफ्रिकी देश मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले सैनिकहरूको कब्जामा परेपछि राजीनामाको घोषणा गरेका छन्। टेलिभिजन सम्बोधनमा राष्ट्रपति केयटाले सरकार र संसद् पनि भङ्ग गरेको बताए।

Advertisement

उनी र प्रधानमन्त्रीसहित अन्य अन्यलाई सैनिकहरूले गिरफ्तार गरेर राजधानी नजिकैको एउटा छाउनीमा लगिएपछि उनको त्यस्तो घोषणा आएको हो। उनले भने– ‘म आफूलाई शक्तिमा राखिरहन रगत नबगोस् भन्ने चाहन्छु।’

उक्त घटनाको क्षेत्रीय सङ्गठन सहित अन्तर्राष्ट्रिय रूपमा भत्र्सना गरिएको छ। यसअघि राष्ट्रपति इब्रहिम केयटालाई सैनिकले गिरफ्तार गरेको कुरा सरकारका एकजना प्रवक्ताले पुष्टि गरेका थिए।

Advertisement

 

Advertisement

उनीहरूलाई मालीको राजधानी बमाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको बताइएको छ। जहाँ मङ्गलवार बिहान गोली चलेको आवाज सुनिएको थियो।

कनिष्ठ सैनिक अधिकृतले त्यहाँका उच्च कमान्डरलाई कब्जामा लिएर छाउनी नियन्त्रणमा लिएपछि विद्रोही सैनिकले राजधानीमा मार्च गरेका छन्।

उनीहरूलाई राजधानीमा राष्ट्रपतिविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूले खुसी प्रकट गर्दै स्वागत गरेका थिए। त्यसपछि दिउँसो राष्ट्रपति केयटाको निवासमा सैनिकले धावा बोलेर उनी र त्यहीँ रहेका प्रधानमन्त्रीलाई गिरफ्तार गरेका हुन्।

गिरफ्तार गरिएका अन्यमा राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्री रहेको बताइएको छ। कति सैनिक विद्रोहमा सहभागी छन् र उनीहरूको माग के हो भन्ने स्पष्ट भएको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top