सीपीएलः बार्बाडोसद्वारा नेभिस पेट्रीयट्स ६ रनले पराजित

३ भदौ, एजेन्सी । मंगलबार रातिबाट सुरु भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को दोस्रो खेलमा साविक विजेता बार्बाडोस ट्राइडेन्ट्सले विजयी सुरुवात गरेको छ ।

Advertisement

बुधबार बिहान सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा बार्बाडोसले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सलाई ६ रनले पराजित गर्दै सिपिएलमा विजयी सुरुवात गरेको हो ।

स्पिनर मिचेल सान्टनर र राशिद खानको अलराउन्ड प्रर्दशनमा बार्बाडोसले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य पछ्याएको सेन्ट किट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाउन सक्यो ।

Advertisement

ब्रायन लारा स्टेडियम ट्रिनिडाडमा टस हारेर ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top