×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

उपत्यका कोरोनाको ‘हटस्पट’ बन्ने जोखिम

४ भाद्र २०७७

काठमाडौँ : काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने खतरा रहेको औंल्याउँदै संक्रमितको उपचार गर्न तत्काल १० हजार शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ ।

अस्पतालमा आइसोलेसन वार्ड पर्याप्त नहुँदा संक्रमित व्यक्ति घरघरमा बस्न बाध्य भएको उल्लेख गर्दै काठमाडौं डीसीसीएमसीले राजधानीका थप ९ अस्पताल र एक आवास केन्द्रको संरचनालाई ‘कोभिड–१९’ डेडिकेटेड उपचार केन्द्र बनाउन पनि सिफारिस गरेको छ ।

सीसीएमसीलाई उक्त सिफारिस गरेलगत्तै मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना महामारीले भयावह रूप लिने खतरा बढेपछि थप डेडिकेटेड उपचार केन्द्र बनाउन सिफारिस गरिएको बताए ।

‘आइसोलेसन बेड अभावमा संक्रमित घर तथा टोलटोलमा बस्न बाध्य छन्, यस्तो अवस्थामा निजी स्वास्थ्य संस्थाका संरचनालाई सरकारले आवश्यकताअनुसार उपयोग गर्नुपर्छ । त्यसका लागि थप नौ अस्पताल र एक आवास केन्द्रलाई कोभिड–१९ प्रयोजनका लागि प्रयोग गर्न सिफारिस गरेका छौं ।’ सिफारिस गरेअनुसारका स्वास्थ्य संस्थालाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनले बताए ।

ठूला र व्यवस्थित पूर्वाधार भएका क्वारेन्टाइन तथा स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाका संरचनामा पनि आइसोलेसन शय्या सीसीएमसीमा सिफारिस गरिएको छ । डीसीसीएमसीले सतुंगलस्थित मनमोहन मेडिकल कलेज, डिल्लीबजारको नेसनल मेडिकल कलेज, बालाजुको जनमैत्री अस्पताल, इचंगुनारायण आवास, वसुन्धराको महेन्द्रनारायण निधि स्मृति अस्पताल, जोरपाटीको नेपाल मेडिकल कलेज, ग्वार्कोस्थित किस्ट मेडिकल कलेज, कलंकीको सहिद मेमोरियल अस्पताल, बालाजुको विनायक अस्पताल र वसुन्धराकै चिरायु अस्पतालमा आइसोलेसन केन्द्र स्थापना गर्न सिफारिस गरेको हो ।

मनमोहनमा ५ सय शय्या, नेसनलमा २ सय ५०, जनमैत्रीमा १ सय, इचंगुनारायण आवासमा ४ सय, नेपाल मेडिकल कलेजमा ६ सय ४१, महेन्द्रनारायण निधि स्मृति अस्पतालमा २ सय ५०, किस्ट मेडिकल कलेजमा ५ सय, सहिद मेमोरियलमा १ सय, विनायक र चिरायुमा क्रमशः ५५ र ६५ शय्याका लागि सिफारिस गरिएको छ । सिफारिसअघि प्रशासनले यी अस्पताल र आवास गृहको भौतिक संरचनाको स्थलगत अवलोकन गरेको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि उपत्यकामा छिट्टै ५ हजार शय्याको आइसोलेसन बन्ने गरी तयारी थालिएको दाबी गरे । उनी उपत्यका नगरपालिका फोरमका प्रमुख पनि हुन् । शाक्यले आफ्नै महानगरमा एउटा पनि क्वारेन्टाइन स्थल बनाएका छैनन् । हालसम्म उपत्यकासहित ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा, लकडाउन, सेवा बन्द र क्षेत्र सिल गरिसकिएको छ ।

आइसोलेसनको अभावमा कतिपय संक्रमित परिवारसँगै बसेका छन् । काठमाडौं प्रशासनले संक्रमितलाई घरमा राखेर संक्रमण नियन्त्रण गर्न कठिन हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । ‘निषेधाज्ञा संक्रमण न्यूनीकरण र रोकथामका लागि लगाइएको हो तर संक्रमित नै घरबाट अस्पताल जान नपाए त्यसको औचित्य हुँदैन,’ प्रजिअ दाहालले भने । सबैको पहलमा संक्रमण रोकथाम तथा आवश्यक पूर्वाधार निर्माण गर्न ढिला गर्न नहुने उनले बताए ।

सरकारले संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनिक बल प्रयोगलाई बढाए पनि आइसोलेसन आवश्यक मात्रामा थप्न सकेको छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले उपत्यकामा आइसोलेसन शय्याको संख्या ६ सय रहेको बताए ।

उपत्यका ‘हटस्पट’ बन्ने जोखिम
संक्रमणको ग्राफअनुसार यो पर्याप्त नभएको उनले स्वीकार गरे । अधिकारीका अनुसार देशभर ९ सय ४६ आईसीयू शय्या रहेकामा उपत्यकासहित वाग्मती प्रदेशमा ६ सय ३० आईसीयू शय्या सञ्चालनमा छन् । त्यस्तै देशभर ४ सय ९६ भेन्टिलेटर रहेकामा उपत्यकामा ३ सय ६१ वटा छन् । ‘आइसोलेसनको संख्या पर्याप्त छैन, यसलाई बढाउनतर्फ हामी लागिसकेका छौं,’ अधिकारीले भने ।

यसअघि सरकारले देशभर हरेक अस्पताललाई २० प्रतिशत र मेडिकल कलेजलाई एक तिहाइ आइसोलेसन शय्या कोभिड–१९ का बिरामीको उपचारमा छुट्याउन निर्देशन दिएको थियो । तर त्यसको पनि पालना हुन सकेको छैन । बुधबारको पत्रकार सम्मेलनमा सरकारी निर्देशन नमान्ने अस्पताललाई पीसीआर परीक्षण गर्न दिइएको अनुमति खारेज गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले चेतावनी दिए ।

काठमाडौं प्रशासनले सीसीएमसीमा पठाएको पत्रमै संक्रमणको दरअनुसार उपचार र पूर्वाधारको अवस्था निकै कमजोर रहेको उल्लेख छ । काठमाडौंका अन्य स्थानीय तहले सिफारिस गरेका स्वास्थ्य तथा अन्य संरचनामा पनि ३ हजार शय्याका आइसोलेसन केन्द्र निर्माण गर्न तत्काल सहरी विकास मन्त्रालयले काम गर्नुपर्ने पनि पत्रमा भनिएको छ । त्यस्तै महानगर क्षेत्रमा ५ वटा एम्बुलेन्स कोभिड–१९ केन्द्रित रहेकामा थप १० एम्बुलेन्सको व्यवस्था मिलाउन पनि प्रशासनले महानगरलाई र नगरपालिकाको हकमा २र२ वटा एम्बुलेन्स तयारी हालतमा राख्न भनिएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top