नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

४ भदौ, काठमाडौँ ।
कोभिड १९ संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले नेपालमा थप ६ जनाको मृत्यु भएको बताएका हुन् ।

मृत्यु हुनेमा काठमाडौंका एक जना महिला, मकवानपुरका एक जना पुरुष, सप्तरीका एक जना पुरुष र पर्साका एक जना महिला र दुई जना पुरुषको मृत्यु पुष्टि भएको बताए । यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।

प्रवक्ता देवकोटाका अनुसार पछिललो २४ घण्टामा ७ सय ७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ९२ महिला र ५ सय १५जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २ सय ६४ जना र आज सम्म १७ हजार ९ सय ६४ जना रहेको प्रवक्ता गौतमले बताए ।

Advertisement

हाल सम्म देशभर ११ हजार ५ सय ५५ जम्मा सक्रिय संक्रमितको संख्या रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ८३ जना रहेको छ । जसमध्ये प्रदेश १ मा १ हजार ४५ जना, प्रदेश २ मा १ हजार ९ सय ५३ जना, बागमती प्रदेशमा २ हजार ९ सय २३ जना, गण्डकी प्रदेशमा ३ सय १५, प्रदेश ५ मा ८ सय ३७ जना, कर्णाली प्रदेशमा २ सय ५३ जना र सूदुरपश्चिम प्रदेशमा ७ सय ५७ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या प्रदेश १ मा २ सय ५७ जना, प्रदेश २ मा २ हजार ७ सय ८९ जना, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सूदुरपश्चिम प्रदेशमा २८ गरी जम्मा ३ हजार ७ सय ७२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ३९ प्रयोगशालाबाट ११ हजार ८ सय ३२ पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म कुल ५ लाख ६६ हजार २ सय २० पीसीआर परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top