लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्ने सरकारकाे निर्णय

५ भदौ, काठमाडौं ।
अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र उपचारका लागि तोकिएको अस्पतालहरुमा राखिने भएको छ । संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

Advertisement

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेकाे सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्नेछ । जसको अनुगमन भने स्थानीय तहले गर्नेछन्।

Advertisement

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरुलाई पनि जोखिमको मूल्यांकन गरेर आइसोलेसन सेन्टरहरु बनाउन भनिएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताल, मेडिकल कलेज वा प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको खतिवडाले बताए ।

Advertisement

मन्त्रिपरिषद्को बैठकले आईसीयू, भेन्टिलेटर र अक्सिजन र त्यसका लागि चाहिने जनशक्तिको प्रबन्ध गर्न पनि स्वास्थ्य मन्त्रालयलाई भनेको छ  । साथै पीसीआर परीक्षणलाई बढाउने र कट्याक्ट ट्रेसिङलाई अझ प्रभावकारी बनाउने निर्णय भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top