×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विष खुवाइएका रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचकलाई उपचारका लागि जर्मनी लगिँदै

६ भाद्र २०७७

६ भाद्र, एजेन्सी ।
गम्भीर अवस्थामा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई उपचारका लागि साइवेरियाबाट जर्मनी लगिँदै छ।

हाल अचेत अवस्था (कोमा)मा रहेका उनलाई चियामा विष हालेर दिइएको उनका समर्थकहरूको आशङ्का छ। लगत्तै जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी थिइन्।

Advertisement
Advertisement

ओम्स्कमा एलेक्सीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले अन्यत्र लानका लागि उनी निकै बिरामी रहेको बताएका थिए। तर पछि उडानका लागि उनको अवस्था स्थिर रहेको उनीहरूले बताए। पत्नी युलीया उनीसँगै जर्मनी जाँदै छिन्। जर्मनीको गैर सरकारी संस्था सिनेमा फर पीसले उनको उडानको खर्च बेहोर्दे छ। उनलाई बर्लिन लगिने छ।
एलेक्सी सवार विमान उडिसकेको छ, उनकी प्रवक्ताले शनिवार बिहान ट्विट गरिन्। समर्थनका लागि सबैलाई हार्दिक धन्यवाद। एलेक्सीको जीवन र स्वास्थ्यका लागि सङ्घर्ष सुरु हुँदै छ। मस्को जाँदै गर्दा बिहीवार उनी बिरामी परेका थिए। लगत्तै उनी सवार विमानले आपत्‌कालीन अवतरण गरेको थियो।

सामाजिक सञ्जालमा देखा परेका तस्बिरहरूमा उडान अघि विमानस्थलमा उनले एउटा कप मा केही पिउँदै गरेको देखिन्छ। उनको टोलीले त्यो चियामा विष हालिएको हुन सक्ने आशङ्का गरेका छन्।

शुक्रवार चिकित्सकहरूले के भने

नभाल्नीको उपचारमा संलग्न प्रमुख चिकित्सकले उनलाई आफूहरूले हवाई यात्राका लागि सिफारिस नगर्ने बताएका थिए तर उनकी पत्नीले भने जर्मनीस्थित अस्पतालमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिएकी थिइन्। कोमामा रहेका उनको स्थिति स्थिर रहेको बताइएको छ।

चिकित्सकहरूले उनको शरीरमा विष नपाइएको बताउँदै उनको त्यो अवस्था रगतमा चिनीको मात्रामा कमीका कारण भएको मेटाबोलिक डिसअर्डरले निम्ताएको हुन सक्ने सङ्केत गरे। त्यसपछि उनको छाला र कपालमा औद्योगिक रसायनको अंश पाइएको चिकित्सकहरूले सङ्केत गरे।

Advertisement

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नीले सरकारी भ्रष्टाचारको भण्डाफोर गर्दै आएका थिए। ४४ वर्षीय नभाल्नी कैयौँ पटक जेल पनि परिसकेका छन्। उनले गत जुन महिनामा संविधान सुधारको निम्ति गरिएको मतदानलाई कु र संविधानको उल्लङ्घनको सङ्ज्ञा दिएका थिए।(बीबीसी)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top