६ भाद्र, विराटनगर ।
पछिल्लो २४ घण्टामा ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ३१ हजार १ सय १७ पुगेको छ । देशभरका प्रयोगशालामा १२, ५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।
नेपालमा हालसम्म १४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।