खरिपाटी क्वारेन्टाइनलाई ५०० शैय्याको आइसोलेसन कक्ष बनाउन निर्देशन

६ भदौ ७७, आइतबार

७ भदाै, भक्तपुर ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन कक्षको वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले अनुगमन गरेका छन् । सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनलाई ५०० श्ययाको आइसोलेसन कक्ष बनाउन निर्देशन दिएपछि भक्तपुर अस्पतालको नेतृत्वमा हाललाई २०० श्ययाको आइसोलेसन बनाएपछि शनिबार मन्त्री दुलालले अनुगमन गरेका हुन् ।

सो अवसरमा उनलाई अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा.सुमित्रा गौतमले आइसोलेसनको बारेमा जानकारी गराएकी थिइन् । त्यसैगरी मन्त्री दुलालले भक्तपुर अस्पतालमा निर्माण भएको सघन उपचारकक्ष (आइसीयू) र आइसोलेसन सेन्टरको अनुगमन गरे ।

Advertisement

अनुगमनका क्रममा अस्पतालका अध्यक्ष सुवाल र मेसु डा.गौतमले सरकारको निर्देशनानुसार भक्तपुर अस्पतालमा ३० श्यया आइसीयू र आइसोलेसन तथा खरिपाटीस्थित २०८ श्यया गरी २३८ श्यया तयार गरिएको जानकारी गराइन् । खरिपाटीस्थित आइसोलेसनमा आज १० र भक्तपुर अस्पतालमा चार बिरामी आइसोलेसनमा राखिएको उनले जानकारी दिइन् ।

मन्त्री दुलालले भक्तपुर अस्पतालले खरिपाटीको आइसोलेसनलाई २०० बाट बढाएर ५०० श्यया पुर्याउन निर्देशन दिए । उपचारबाट कोही पनि बञ्चित हुन नहुने भन्दै उनले भक्तपुर अस्पतालमा थप दुईवटा भेन्टिलेटर भोलि नै प्रदेश सरकारको तर्फबाट पठाइदिने बताए ।

Advertisement

तत्कालका लागि आइसीयू सञ्चालनका लागि शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसमेत टोलीले आइसीयू सञ्चालन भएको जानकारी गराइएको थियो ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top