×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

सीपीएल : सन्दीपको उच्च प्रदर्शनका बाबजुद जमैका तलावाज पराजित

७ भाद्र २०७७

७ भदौ, एजेन्सी ।
क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले लगातार दोस्रो हार बेहोरेको छ । आईतबार बिहान भएको खेलमा सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद टोलीले गुयाना एमेजन वारियार्ससँग १४ रनको हार ब्यहोरेको हो ।

गुयानाले प्रस्तुत गरेको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रनमात्र जोड्न सक्यो ।जमैका तलावाजले ब्याटिङमा निकै खराब सुरुवात गरेपछि जितको आधार तय हुन सकेन । इनिङको पहिलो बलमा नै कप्तान क्रिस ग्रिनले च्याडविक वाल्टनलाई एलबीडब्लु धरापमा पारे । दोस्रो ओभर इमरान ताहिरले मेडन राखे । तेस्रो ओभरको दोस्रो बलमा ग्रिनले क्रोमा बोनरलाई ४ रनमा एलबीडब्लु आउट गरे । उक्त ओभर पनि मेडन नै रहयो ।

Advertisement
Advertisement

चौथो ओभरको पहिलो बलमा डेब्यु गरिरहेका अस्मिड नेडले ग्लेन फिलिप्सलाई शून्यमा पेभेलियन फर्काए । फिलिप्सले सर्ट बललाई पोइन्टको माथिबाट प्रहार गर्न खोज्दा किमो पलले उफ्रदै एक हातले उत्कृष्ट क्याच लिँदै जमैकालाई ४–३ को दयनीय अवस्थामा पुर्याए ।

आसिफ अली र कप्तान रोभमान पावेलले इनिङ सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् । दशौं ओभरको तेस्रो बलमा अली लामो सट खेल्ने धुनमा बाउन्ड्रीनजिक समातिएपछि जमैका ३३–४ को स्थितिमा पुगेको थियो । हेमराजको बलमा हेटमायरबाट समातिनुअघि उनले २१ बलमा १४ रन जोडे ।

१३ औं ओभरको चौथो बलमा पलले ब्रेथएटलाई बोल्ड गरेपछि जमैका थप समस्यामा परेको थियो । ब्रेथवेटले १४ बलमा मात्र ५ रन जोडे । १५ औं ओभरमा कप्तान पावेल क्याच आउट भएपछि जमैका ५०–६ को स्थितिमा पुग्यो । नविन उल हकको बलमा ग्रिनबाट क्याच हुनुअघि पावेलले ३० बलमा २३ रन जोडे ।

१६ औं ओभरको अन्तिम बलमा इमरान ताहिरले सन्दीपलाई शून्यमै रहँदा एलबीडब्लु आउट गरे । ताहिरकै १८ औं ओभरमा आन्द्रे रसलले २ छक्का र १ चौकासँगै १७ रन जोड्दै जितको झिनो आशा कायम राखे । रसेलले नविन उल हकको १९ औं ओभरको सुरुवाती दुई बलमा छक्का र चौका प्रहार गरेपनि त्यसपछि लगातार चार बल डट खान पुगे ।

अन्तिम ओभरमा जितका लागि २२ रन आवश्यक रहँदा जमैकाले ७ रनमात्र जोड्न सक्यो । कसिलो बलिङ गरेका किमो पलले रसेललाई खुलेर खेल्ने अवसर नै दिएनन् । रसेल ३७ बलमा ४ चौका र ५ छक्कासहित ५२ रनमा नटआउट रहे ।  गुयानाका लागि क्रिस ग्रिनले २ विकेट लिए । ताहिर, नेड, पल, हेमराज र नविन उल हकले पनि १–१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको गुयानाले उत्कृष्ट सुरुवात पाएपनि स्पिनरको सामना गर्न नसक्दा अपेक्षित स्कोर खडा गर्न सकेन । गुयानाले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १८ रन जोड्यो । सुरुवाती ओभरदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको गुयानाका लागि ओपनरले राम्रो सुरुवात दिलाएका थिए ।

ओसेन थोमसको दोस्रो ओभरमा २४ रन जोड्दै उत्कृष्ट सुरुवात पाएको गुयानाका लागि ब्रेन्डन किङ र चन्द्रपाल हेमराजको सुरुवाती जोडीले पाँचौ ओभर पूरा नहुँदै अर्धशतकीय साझेदारी पूरा गरेका थिए । ५ ओभरको समाप्तिमा ५५–० को स्थितिमा रहेको गुयानाले त्यसपछि लगातार विकेट गुमाउँदै दबाबमा पर्यो ।

छैटौं ओभरको चौथो बलमा मुजिब उर रहमानले किङलाई बोल्ड गरे । किङले १९ बलमा ३ चौका र २ छक्कासहित २९ रनको योगदान दिए । लगत्तै अर्को बलमा मुजिबले पहिलो बलको सामना गरिरहेका शिम्रन हेटमायरलाई पनि बोल्ड गर्दै पेभेलियन फर्काए । त्यस ओभरमा मुजिबले जम्मा २ रन दिएर महत्त्वपूर्ण २ विकेट हात पारे ।

सातौं ओभरको पहिलो बलमा नै आन्द्रे रसलले अर्का ओपनर हेमराजलाई मुजिबको हातबाट क्याच गराए । उनले ब्याकवार्ड पोइन्टमा समातिनुअघि १७ बलमा ३ चौकासहित २१ रन जोडे । लगत्तै अर्को ओभरको तेस्रो बलमा मुजिबले निकोलस पुरनलाई कट बिहाइन्ड गराए । पुरनले ग्लेन फिलिप्सको हातबाट समातिनु अघि ५ बलको सामना गर्दै ४ रनमात्र जोड्न सके ।

११ औं ओभरको दोस्रो बलमा सन्दीपले रदरफर्डलाई पेभेलियन फर्काए । सन्दीपको गुगलीमा ठूलो सट खेल्ने धुनमा एज लाग्दै बल सर्ट थर्ड म्यानमा रहेका मुजिबको हातमा पुगेको थियो । रदरफर्ड ९ बलमा १ चौकाको मदतले मात्र ६ रन जोड्दै पेभेलियन फर्कंदा टोली ७६(५ को स्थितिमा पुग्यो ।

१४ औं ओभरको तेस्रो बलमा कार्लोस ब्रेथवेटले किमो पललाई आउट गरे । ठूलो सट खेल्ने धुनमा टप एज लागेपछि १० बलमा ३ रन जोडेका पल विकेटकिपर फिलिप्सको हातबाट समातिए । १५ औं ओभरको चौथो बलमा सन्दीपले क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरे । लेग साइडमा सट प्रहार गर्न खोजेका ग्रिनको लेग स्टम्प उडाउँदै सन्दीपले दोस्रो विकेट हात पारे । १५ ओभरको खेल सकिंदा स्कोर ९४(७ को स्थितिमा थियो ।

१६ औं ओभरको पाँचौ बलमा रस टेलर २१ रन जोड्दै क्याच आउट भए । ३० बलमा २ चौका प्रहार गरेका टेलर ब्रेथवेटको बलमा डिप मिडविकेटमा रहेका पावेलको हातबाट समातिए । १९ औं ओभरमा नेड १ रन जोड्दै रनआउट भए । नविन उल हक अन्तिम ओभरको पहिलो बलमा क्याचआउट भए । उनले १७ बलमा १४ रन जोड्दै १ सय रनको आँकडा पार गराएका थिए ।

Advertisement

सन्दीपले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । मुजिबले १८ रन खर्चेर ३ विकेट लिँदा ब्रेथवेटले पनि ३ विकेट हात पारे । रसलले १ विकेट लिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top