×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विदेशबाट आउनेहरु बस्ने होटल क्वारेन्टाइनकाे भाडा १८ सय देखि ९ हजारसम्म

७ भाद्र २०७७

७ भदौ, काठमाडौँ ।
सरकारले चार्टर्ड उडान मार्फत स्वदेश आउने नागरिकलाई होटल क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्थाका लागि होटलको सूची र दररेट सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई स्वेच्छाले होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटलहरुको सूची तयार गरी सार्वजनिक गरेको छ ।

कोभिड १९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटलहरुको सूची सार्वजनिक गरेको हो । पर्यटन विभागले उपलब्ध गराएको होटलको नाम र दररेटका आधारमा सूची तयार पारिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

Advertisement
Advertisement

सार्वजनिक भएको सूचीमा उपत्यका भित्र रहेका तारे होटल, पर्यटन होटल र साना तथा मझौला होटल गरी २ सय २० होटलमा कुल ३ हजार ५ सय बेड क्षमता रहेको छ । होटलको सूची सँगै होटलहरुमा बस्दा लाग्ने दररेट र खानाको मेनु समेत समावेस गरिएको छ । जसमध्ये पाँचतारे होटलमा एक्लै बस्दा ९ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा प्रतिव्यक्ति ६ हजार रुपैयाँ तोकिएको छ । चार तारे होटलका लागि एकजना बस्दा ८ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा ५ हजार ५ सय रुपैयाँ तोकिएको छ । तीनतारे तथा डिलक्स रिसोर्टमा एकजना बस्दा ६ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । दुई तारे होटल तथा स्टाण्डर्ड होटलका लागि एकल ५ हजार रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । एक तारे होटलमा एकल बस्दा ४ हजार रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

पर्यटक स्तरको होटलमा एकजनाका लागि २ हजार ८ सय रुपैयाँ र दुई जना साझेदारीमा बस्ने भएमा प्रति व्यक्ति १ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै साना तथा मझौला होटलको दररेट पनि तोकिएको छ । साना तथा मझौला होटलमा एकल रुमका लागि १ हजार ८ सय रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ तोकिएको छ । सबै होटलमा खाना र खाजा गरी दिनको चारपटक खान दिइने मेनु सार्वजनिक भएको छ । जसमा बिहानको खाजा, खाना, दिउसोको खाजा र साँझको खाना उपलब्ध हुने छ ।

Advertisement

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सक्ने क्षमता भएका होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सूचीकृत गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । आएसोलेटेड क्षेत्रमा भएका, कम्पाउण्ड भएका, बाहिरी व्यक्तिसँग घुलमिल हुन नसक्ने, भौतिक दूरी कायम गर्न सक्ने होटलहरु सूचीकरणमा परेका छन् । ठमेल, ताहचल, गौशला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावारी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानिलकण्ठ, लैनचौर, कमलपोखरी र बागबजार क्षेत्रमा रहेका होटलहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न लागिएको हो ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top