काभ्रेमा थप ३५ जनामा कोरोना पुष्टि

६ भदौ ७७, आइतबार

७ भदौ, काठमाडौं । बनेपाको स्पाइनल कर्ड इन्जुरी अस्पतालमा २३ जना सहित काभ्रेमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बनेपाका अनुसार स्पाइनल इन्जुरी अस्पतालमा २३ जना र धुलिखेल अस्पतालमा १० जना र धुलिखेलका स्थानीय दुई जना गरी ३५ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेपलाञ्चोकमा संक्रमितको संख्या १ सय ३९ पुगेको छ ।

बनेपा नगरपालिका–१३ मा रहेको स्पाइनल इन्जुरी अस्पतालमा संक्रमण देखिएकामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राही समेत रहेको अस्पतालले जनाएको छ ।

उता स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि अस्पतालका निर्देशकसहित कर्मचारी एवं स्वास्थ्यकर्मीहरू होम क्वारेन्टिनमा बसेका छन् । अहिले अस्पताल क्षेत्रमा वडा कार्यालयको सक्रियतामा आवतजावतमा कडाइ गरिएको बनेपा नगरपालिका वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिएका छन् ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top