धनी रामकोरी
७ भदौ, कपिलवस्तु ।
कपिलवस्तुमा फेरी निषेधाज्ञा फेरि थपिएको छ । एक हप्ताको निषेधाज्ञा आइतबार राति १२ बजे सकिन लागेको बेला आइतबार दिउँसो बसेको बैठकले भदौ १५ गते राति १२ बजेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा हालकै निषेधाज्ञालाई यथावत राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा जारी सूचनामा उल्लेख छ ।
बैंक तथा वित्तिय संस्थाभने विहान ८ बजे देखि १० बजेसम्म न्यूनतम कर्मचारी राखेर खुलाउन सकिने प्रशासनले स्पष्ट पारेको छ । जिल्ला भित्रका सबै किसिमका व्यापार , व्यवसाय बन्दभएको छ ।

यस अगाडी गत विहीबार देखि जिल्लामा नीजि सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालनको अनूमति थियो । त्यो अनूमति पनि खारेज भएको छ ।