×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकामा ल्यापटपलगायत शैक्षिक सामग्री अभाव

७ भाद्र २०७७

७ भदाै, सान फ्रान्सीस्को।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ ।

Advertisement
Advertisement

विषेश गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरू सहजै पाउन गाह्रो भएको र पाएपनि निकै ढिलो मात्रै प्राप्त हुने गरेको उपभोक्ताहरूले बताएका छन् । यो समस्या धेरै महिना अगाडिदेखि अमेरिकाभरि नै रहेको एपीले गरेको एक अनुसन्धानले देखाएको छ ।

विश्वकै तीन ओटा ठूलो कम्युटर कम्पनीहरू लेनोभो, एचपी र डेलले समेत अनलाइन कक्षाका लागि आवश्यक सामग्रीहरू माग अनुसार उपलब्ध गराउन नसकिएको बताएका छन् । ती कम्पनी स्रोतका अनुसार बजारमा अहिले झण्डै ५० लाख ल्यापटपको माग रहेको र त्यो मागलाई सम्वोधन गर्न कठिनाइ भइरहेको छ ।

अमेरिकाले चिनियाँ सामान आयातकर्तामाथि लगाएको प्रतिबन्ध पनि समस्याको चुरो भएको पनि कतिपय व्यापारीहरूको बुझाइ रहेको छ ।

क्यालिफोर्नियाको मोजाभस्थित मोरोङ्गो युनिफाइड स्कूल डिस्ट्रिक्टका सुपरिटेन्डेन्ट टोम बाउमगार्टनले भने, “यो अवस्था एक कलाकारलाई विना रङ चित्र बनाउन भनेजस्तो भएको छ । कुनै पनि बच्चा कम्प्युटर बिना सामाजिक दूरी कायम गर्दै पढ्न सक्दैन ।” उक्त विद्यालयमा सबै आठ हजार विद्यार्थीलाई निःशुल्क खाजा वितरण गरिन्छ । दूर शिक्षाको लागि उनीहरूलाई कम्प्युटर चाहिन्छ ।

उनले भने, “गत जुलाईमा पाँच हजार थान ‘लेनोभो क्रोमबुक्स’ को माग गर्नुभएको हो तर लेनोभोलाई निषेधित चिनियाँ सामानको प्रयोग गरेको भन्दै सरकारी निकायबाट आपूर्ति रोकियो । विकल्प दिइएको छैन ।” उनले यसलाई एउटा प्रतिनिधिमुलक समस्याका रूपमा बताए ।

क्रोमबुक्स र अन्य निम्न मूल्यका कम्प्युटर धेरैजसो निम्न आय भएका अमेरिकी विद्यालयको छनोटमा पर्ने गर्छन् । “यो गाह्रो छ किनकि मैले कम्प्युटरका लागि बाल दास श्रमलाई प्रोत्साहन गर्न सक्दिन । के हामी प्रक्रियाको पछि दौडिँदा अधिक बच्चाहरूलाई चोट पु¥याइरहेका त छैनौँ रु” जिल्लाको उत्तर डकोटामा रहेको ‘विलिस्टन पब्लिक स्कूल’ का लागि सूचना तथा प्रविधि निर्देशक म्याट बर्टनहेगनले भने । उनले पनि दुई हजार लेनोभो क्रोमबुकका लागि मे मा माग गरी आपूर्तिको पर्खाइमा रहेको बताए।

“उनीहरूले जुलाईमा बुझाउनु पर्ने थियो । तर अगस्टको सुरूमा बुझाउने प्रतिवद्धता आएको थियो । त्यसपछि अगस्टको अन्त्य भनियो । अहिले माग गरिएका पाठ्य सामग्रीको आपूर्ति वर्षको अन्त्यसम्ममा हुने अनुमान गरिएको छ ।”

कोलोराडोको सबैभन्दा ठूलो ‘डेनभर पब्लिक स्कूल’ ले पनि अप्रिल र मेमा माग गरेका १२ हजार ५०० ‘क्रोमबुक्स’ कहिले आउने हुन् पत्तै छैन ।

अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक सामग्रीहरू पर्याप्त पाउन नसकेपछि देशभरीको शैक्षिक क्षेत्रमा अर्को चिन्ता थपिएको छ भने अविभावक, विद्यार्थी, शिक्षक र विद्यालय सञ्चालकलाई टाउको दुखाइ भएको छ ।

कम्युटर बिना विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न सकिँदैन, तर त्यही सामग्रीको अभाव भइरहेको छ, विद्यालयका एक व्यवस्थापकले भने ।

Advertisement

विद्यालयका व्यवस्थापक तथा सरोकारवालाहरूले अनलाइन कक्षा सञ्चालनका लागि अत्यावश्यक सामग्रीहरू उपलब्धताका लागि सहयोग गर्न ट्रम्प प्रशासनलाई दवाव दिएका छन् । ल्यापटप विनाको अनलाइन कक्षा अर्थहीन हुने भन्दै उनीहरूले त्यसको व्यवस्था अनिवार्य गरिदिन माग गरेका छन् ।रासस / एपी

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top