बैतडीमा आज रातिदेखि भदौ १४ गतेसम्म निषेधाज्ञा जारी

८ भदौ, बैतडी । कोरोना संक्रमणलाई नियन्त्रण गर्न बैतडीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

Advertisement

सोमबार राति १२ बजेदेखि आउँदो १४ गते राति १२ बजेसम्म लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी हुने भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको र गौरापर्व पनि सुरु भएकाले भिडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा गरेको छ ।

Advertisement

अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द हुने भएका छन् । यस्तै अत्यावश्यक कामबाहेक कसैले बाहिर हिँडडुल गर्न पाउने छैनन् भने बाहिर निस्कनु परेमा अनिवार्य मास्कको प्रयोग गर्नु पर्नेछ ।

यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने गाडीबाहेक अन्य गाडी प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक गाडीमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top