×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महाकवि देवकोटा सङ्ग्रहालयलाई बजेट अभाव हुँदैनः प्रधानमन्त्री ओली

८ भाद्र २०७७

८ भदाै,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले उक्त आग्रह गरी कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव नहुने वचन दिए ।

Advertisement
Advertisement

भेटमा साथमै रहेका अर्थमन्त्री डा.युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै परियोजनालाई आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिनुभएको कुलपति उप्रेतीले जानकारी दिए । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्रहालय बनाइने घोषणा गरेका थिए ।

नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण भइसकेको छ । सङ्ग्रहालय चार तलाको हुनेछ । जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्नका लागि विज्ञसँग परामर्श गरी प्रतिष्ठानले डिपिआर बनाउने भएको छ ।

कुलपति उप्रेतीले भने, “भवनमा देवकोटाको समग्र इतिहास झल्काउने कोशिश गरिनेछ । सङ्ग्रहालयको भुइँतलामा श्रव्यदृश्य कक्ष हुनेछ जहाँ प्रवेश गर्ने जो कोहीले पनि महाकवि देवकोटालाई सशरीर पाएको अनुभूति गर्न सक्नेछन् । भवनको दोस्रो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका साम्रगी रहनेछन् । देवकोटाले प्रयोग गरेका खाट, पानी खाने भाँडो, चुरोटको धुलो राख्ने एस्ट्रे, विभिन्न चित्र, मन्त्री भएका बेलाको दस्तावेज, चित्र, तस्वीर, उहाँले प्रयोग गरेका वस्त्र तथा जुत्ता आदि हुनेछन् ।’

Advertisement

सङ्ग्रहालयको तेस्रो तलामा महाकवि देवकोटाले लेख्नुभएका साहित्यिक सिर्जनाका पाण्डुलिपि र विदेशी लेखकले लेखेका पुस्तक माइक्रोफिल्मिङ गरी अध्यावधिक गरिनेछ तथा चौथो तलामा देशविदेशका आगन्तुुक आएर छलफल तथा अन्तरक्रिया गर्न सक्नेछन् । कुलपति उप्रेतीले सरकारबाट आवश्यक बजेटको व्यवस्था हुनासाथ युद्धस्तरमा दुई वर्षभित्र प्रयोगमा ल्याउने गरी सङ्ग्रहालय निर्माणलाई अगाडि बढाइने बताए । स्थानीय डिल्लीबजारमा जन्मिएका देवकोटा पछि मैतीदेवीमा सरेका थिए । रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top