गृहमन्त्रीको सचिवालयले भन्याे- धानबाली कुल्चिएर कार्यक्रम गरिएको होइन

गृहमन्त्रीको सचिवालयले भन्याे- धानबाली कुल्चिएर कार्यक्रम गरिएको होइन

८ भदौ, काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा सहभागी बाढीपिडितका लागि राहत वितरण कार्यक्रम धानबालीमा गरेको भनी गृहमन्त्रीको आलोचना भएपछि उनको सचिवालयले खण्डन गरेको छ । सचिवालयले प्रचार गरिए जस्तो धानखेतमा कार्यक्रम नगरिएको प्रेस नोटमार्फत स्पष्ट गरेको छ ।

अछामका रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको टोली रामारोशन गएको थियो । बुधबार यहाँ बाढीपहिराले ठूलो जनधन क्षति भएको थियो । सोही क्रममा बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको भएपनि धानखेतमा कार्यक्रम गरेको भनी आलोचना भएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताए ।

कार्यक्रमस्थलको छनोट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको जनाइएको छ । प्रेस नोटमा भनिएको छ–‘बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजीकै कार्यक्रमस्थल बनाइएका सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.