साउदीबाट बुधबार दुई जहाजले उडान गर्ने, पीसीआर नेगेटिभ भए सिधै घर जान पाउने

८ भदौ ७७, मंगलबार

योगेन्द्र योगी
९ भदाै, दोहा ।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजबाट पाचौँ चरणको उद्धार उडान हुने भएसंगै साउदी अरबबाट अगष्ट २६ तारिखको लागि दुई उडान तय भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट उडान गर्ने भएका छन् । यसघि दूतावासले विभिन्न मितिमा सार्वजनिक गरेको लिस्टमा नाम भएकाले सम्बन्धित एयरलाइन्समा सम्पर्क गरी टिकट खरिद गर्न अनुरोध गरेको छ ।

Advertisement

१०० प्रतिशत पीसीआर परीक्षण गरेका यात्रुहरु मात्र जना पाउने तथा एउटा जहाजमा पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु मिसाएर लैजान नपाइने समेत दूतावासले जनाएको छ । पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा गए अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

Advertisement

होटल क्वारेन्टाइनमा बस्नुपर्नेको हकमा नेपालमा पुगेपछि अनिवार्य सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैँले तिर्ने लिखित प्रतिवद्वता समेत टिकट खरिद गर्दाको अवस्थामै गर्नुपर्ने दूतावासले जनाएको छ ।

कोरोना महामारीका कारणले यसघि विभिन्न उडानमार्फत ७ हजार ८ सय १२ जना नेपाली स्वदेश फर्किसकेका छन् । साउदीमा कोरोनाका कारण रोजगारी गुमाउने नेपालीको सङ्ख्या भने दिन प्रतिदिन बढीरहेको जनाएको छ ।

विगत लामो समयदेखि रोजगारी गुमाएर अलपत्र अवस्थामा रहेका नेपालीहरुले सरकारले उद्दारको नाममा लुट मच्चाएकाे गुनासो गरेका छन्। यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिएपनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top