नेकपाको सचिवालय बैठक भदौ १३ गते बस्ने

९ भदौ ७७, मंगलबार
Share this
715shares

९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

Advertisement

कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न नेकपाले सचिवालय बैठक भदौ १३ गते बोलाएको हो ।

मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले सचिवालय बैठक तय गरेको हो।

Advertisement

नेकपा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो।

सचिवालय बैठकपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरूको तयारी छ।

Advertisement

यसैबीच वरिष्ठ नेता माधव नेपाल होम क्वारेन्टिनमा बसेकाले सचिवालय बैठक १३ गते पु¥याइएको स्रोतको दाबी छ।

गत शनिबार वरिष्ठ नेता नेपालका सुरक्षामा रहेका ९ जनाको कोरोना पोजेटिभ आएपछि उनी क्वारेन्टिनमा बसेका छ्न्।

नेपालको भने पिसिआर नेगेटिभ आएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top