यो सुरुवात मात्रै हो, नेपालमा कोरोनाका केसहरु निकै नै बढ्नेवाला छ : डब्लुएचओ प्रतिनिधि

९ भदौ ७७, बुधबार

१० भदाै, काठमाडौं ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को नेपालस्थित कार्यालयका प्रतिनिधि डा.जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रेसित गरेको अन्तरवार्ता उनले अहिले नेपालमा देशैभरी धेरै कोरोनाका केसहरु देखिन थालेको र बढी उमेरमा मानिसमा थप वृद्धि हुने सम्भावना रहेको उल्लेख गरे । “केही महिना अघि विदेशबाट फर्किएकामा मात्र केस थियो । फर्किेनेहरुको सङ्ख्या घटेकाले केश पनि घटेको देखिएको थियो । तर, अहिले सङ्क्रमितको सङ्ख्या बढेको छ । यो सुरुआत मात्रै हो । केसहरु निकै नै बढनेवाला छ । परिस्थिति अझै नराम्रो हुनेवाला छ”, उनले भने ।

यसो भन्दै गर्दा अन्य धेरै केस देखिएका मुलुकजस्तै ब्राजिलमा पनि समग्र जनसङ्ख्याको एकदेखि दुई प्रतिशतलाई मात्र सङ्क्रमण देखिने अवगत गराउँदै डा.भ्यानडिलिएरले नेपाल अहिले त्यो अवस्थाा पुगिनसकेको बताए । नेपालमा अहिले शून्य दशमलव एक प्रतिशतको हाराहारीमा मात्र सङ्क्रमण भएको छ । उनले भने, “यसबाट मैले के भन्न खोजको हो भने केसको सङ्ख्या बढेपनि आत्तिहाल्नुपर्ने अवस्था छैन् । अन्ततः सङ्क्रमण हुनेको सङ्ख्या पनि समग्र जनसङ्ख्याकोे तुलनामा कम नै हुनेवाला छ । हाम्रो वरिपरी र अहिले टोल छिमेकमा केश देखियो भन्दैमा सबैले आत्तिनुपर्देन । किनभने सबै जना सङ्क्रमित हुने भन्ने होइन ।”

केसको सङ्ख्या बढिरहेको र सङ्क्रमणको जोखिम पनि बढिरहे पनि थौरै जनसङ्ख्यालाई मात्र सङ्क्रमण देखिने र अधिकांश व्यक्तिलाई मन्द लक्षण मात्र देखिनुका साथै घातक नहुने उनको भनाइ थियो । फरक प्रशङगमा विश्व स्वास्थ्य सङ्गठनले कोरोना रोकथाम र नियन्त्रणमा नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताउँदै उनले सहकर्मीहरु सरकारी अधिकृतसँग हातमा हात मिलाएर काम गरिरहेको, कोरोनाको प्रतिकार्यका लागि तयारी, निगरानी र तथ्याङ्क सङ्कलन गर्न, प्रयोगशालाको क्षमता र गुणस्तरमा सहयोग गरिहेको जानकारी गराए । साथै सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका साथै प्रादेशिक सरकारसँग पनि काम गरिरहेको उनले बताए ।

कोरोना नियन्त्रण र रोकथामका लागि नेपाललाई तीन तहका सरकारबीच समन्वय र सहकार्यको चुनौती रहेको बताउँदै डा.भ्यानडिलिएरले कोरोना सङ्क्रमित र सम्पर्कमा रहेकोको कट्«याक्ट ट्रेसिङमा व्यक्तिको खोजी कार्य गर्न स्थानीय सरकारको महत्वपर्ण भूमिका हुने उदाहरण प्रस्तुत गरे । साथै हाल राज्यको समग्र ध्यान कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित भएका बेला सुत्केरी, बालबालिका दीर्घरोगी र अन्य बिरामीका उपचारमा पनि आवश्यक व्यवस्थापन गर्न चुनौती रहेको उनको धारणा थियो ।

स्वास्थ्य सेवाको सहज सुलभ पहुँच र गुणस्तर सुधार्नुपर्ने अवस्था रहेको बताउँदै उनले कोरोना रोकथाम र नियन्त्रणमा आममानिसको व्यहार परिवर्तन गर्न पनि चुनौती रहेको विचार व्यक्त गरे । नेपालले धेरै प्रकारका प्रकोप देखेको र पुनः जीवन शुरु गर्न इच्छा शक्ति नेपालीमा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा स्यमंसेवीको सहयोग पनि लिन सक्नुपर्ने सुझाव दिए । कोरोना नियन्त्रणमा सरकारले नीजि स्वास्थ्य संस्थाको पनि सहयोग लिनुपर्ने र नीजि क्षेत्रले पनि आफ्नो स्रोता साधन र जनशक्ति परिचालन गरी सहयोग गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने उनको धारणा थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top