×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

सीपीएलमा जमैका तलावाजकाे दोस्रो जित, सन्दीपकाे उत्कृष्ट प्रदर्शन

१० भाद्र २०७७

१० भदौ, एजेन्सी ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलत जमैका तलावाजले दोस्रो जित निकालेको छ । आज बिहान भएको चौथो खेलमा जमैकाले गुयाना एमेजन वारियार्सलाई ५ विकेटले पराजित गरेको हाे।

गुयानाले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । जमैकाको जितमा क्रुमा बोनरले सर्वाधिक ३० रनको योगदान दिए । रसेलले नटआउट २३ रन जोडे । गुयानाका नविन उल हकले २ तथा इमरान ताहिर, अस्मिड नेड र किमो पलले १–१ विकेट हात पारे ।

Advertisement

सामान्य लक्ष्य पछ्याउने क्रममा जमैकाले राम्रो सुरुवात पाउन सकेन । दोस्रो ओभरको चौथो बलमा नै ओपनर चाडविक वाल्टन आउट भए । इमरान ताहिरले १ रनमा खेलिरहेका वाल्टनलाई बोल्ड गरेका थिए । त्यसपछि ग्लेन फिलिप्स र जर्मेन ब्लाकवुडले दोस्रो विकेटका लागि राम्रो साझेदारी गरे ।

पाँचौ ओभरको चौथो बलमा नविन उल हकको बलमा क्याचआउट हुनुअघि फिलिप्सले १८ बलमा २६ रन जोडे । समान २ चौका र २ छक्का प्रहार गरेका फिलिप्स आउट हुँदा तलावाज ४०–२ को स्थितिमा थियो । आठौं ओभरको दोस्रो बलमा आसिफ अली आउट भए । अली ६ बलमा ३ रन जोड्दै किमो पलको बलमा क्रिस ग्रिनबाट समातिए ।

लगत्तै अर्को ओभरमा कप्तान रोभमान पावेल पनि पेभेलियन फर्किए । ठूलो सट खेल्ने धुनमा अश्मिड नेडको बलमा उनलाई विपक्षी कप्तान ग्रिनले लङ अन बाउन्ड्रीमा क्याच आउट गरे । पावेल ५ बलमा २ रन जोडेर आउट हुँदा टोली ५३–४ को स्थितिमा पुग्यो । ११ औं ओभरमा जर्मेन ब्लाकवुड नविन उल हकको बलमा कट बिहाइन्ड आउट भए । १९ बलमा २३ रन जोडेका ब्लाकवुडको विकेटसँगै जमैका ६२–५ को स्थितिमा पुग्यो ।

छैटौं विकेटका लागि आन्द्रे रसल र क्रुमा बोनरले साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए । यी दुईले अर्धशतकीय साझेदारी गर्दै ४७ बलमा ५१ रन जोडे । बोनरले ३२ बलमा ३ चौका र १ छक्कासहित नटआउट ३० रन बनाए । रसेल २० बलमा १ चौका र २ छक्कासहित २३ रनमा नटआउट रहे ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएकोे गुयानाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमात्र जोड्न सक्यो । टोलीका लागि रोस टेलरले सर्वाधिक २५ रनको योगदान दिए । जमैकाका लागि सन्दीपले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट हात पारे । मुजिबले ४ ओभरमा ११ रन दिँदै ३ विकेट लिए । एडवाड्र्सले ३ विकेट तथा रसेलले १ विकेट लिए ।

जमैकाले इनिङको पहिलो बलमा नै विकेट लिन सफल भयो । फिडेल एडवाड्र्सले ब्रेन्डन किंगलाई पहिलो बलमा नै बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि ब्याटिङमा आएका शिम्रन हेटमायर पनि लामो समय टिकेनन् । दोस्रो ओभरको अन्तिम बलमा मुजिबले उनलाई ५ रन जोडेको अवस्थामा एलबीडब्लु धरापमा पारे ।

लगातार रनगति रोकेर दबाब दिएको जमैकाले पाँचौ ओभरमा अर्को सफलता हात पार्यो । ओपनर एन्थोनी ब्राम्बल १९ बलमा मात्र ७ रन जोड्दै एडवाड्र्सको शिकार भए । ठूलो सट खेल्ने धुनमा उनी डिप मिडविकेटमा रोभमान पावेलबाट समातिए । ५ ओभरको समाप्तिमा गुयाना १८(३ को स्थितिमा रहेको थियो ।

छैटौं ओभरमा रस टेलरले आन्द्रे रसेलको बलिङमा आक्रमण गर्दै १२ रन जोड्दै खेलमा फर्काउने प्रयास गरे । पुरन र टेलरले विकेट जोगाउँदै रन गति बढाउने काम गरे । १० ओभरको समाप्तिमा गुयानाले खेल सुधार्दै ५३-३ को स्थिति बनायो ।

११ औं ओभरमा मुजिब आक्रमणमा फर्केसँगै गुयानाले निकोलस पुरनलाई गुमायो । चौथो बलमा पुरन १५ रनमा खेलिरहँदा मुजिबले बोल्ड गर्दै टोलीलाई चौथो सफलता दिलाए । लगत्तै अर्को ओभरको पहिलो बलमा सन्दीपले शेर्फान रदरफर्डको विकेट लिए । रदरफर्ड ठूलो सट खेल्ने धुन्न्मा एज लागेर आसिफ अलीको हातबाट समातिए । मात्र १ रन जोडेका उनी आउट हुँदा टोली ५६–५ को दयनीय अवस्थामा थियो ।

१३ औं ओभरको तेस्रो बलमा रसेलले रोस टेलरको महत्त्वपूर्ण विकेट हात पारे । रसेलले २१ बलमा २५ रन जोडेर खेलिरहेका टेलरलाई एलबीडब्लु धरापमा पारेपछि गुयाना ६१–६ को अवस्थामा पुग्यो । १५ औं ओभरको पहिलो बलमा कप्तान क्रिस ग्रिन आउट भए । मुजिबको बलमा कप्तान रोभमान पावेलले पहिलो स्लिपमा क्याच लिँदै १ रन जोडेका ग्रिनलाई पेभेलियन फर्काए ।

१९ औं ओभरको दोस्रो बलमा एडवाड्र्सले पललाई आउट गरे । पल २० बलमा मात्र ९ रन जोड्दै एडवाड्र्सको एलबीडब्लु धरापमा परे । गुयानाका नविन उल हक २० बलमा २० रन जोड्दै नटआउट रहे । इमरान ताहिरले ९ रन जोडे । ताहिर अन्तिम बलमा तेस्रो रन कुद्ने क्रममा रनआउट भएका थिए ।

यस्ताे रह्याे सन्दीपकाे प्रदर्शन

१० औं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले ओभरमा ४ वटा डट बल राख्दै क्रिजमा जमीरहेका रस टेलर र निकोलस पुरनलाई सट खेल्ने मौका दिएनन्। दोश्रो ओभर  बलिङ गर्ने क्रममा सन्दीपले ओभरको पहिलो बलमै १ रन बनाएका शरफेन रथरफोर्डलाई क्याच आउट गराए। अघिल्लो खेलमा पनि सन्दिपलेनै रथरफोर्डको विकेट लिएका थिए। सन्दिपको गुगलीलाई टर्नको विपरित खेले क्रममा ब्याटको माथिल्लो किनारा लाग्दै आसिफ अलि बाट क्याच आउट भए। ओभरमा सन्दिपले ४ रन खर्चेर १ विकेट लिए।

तेश्रो ओभर  बलिंग गर्ने क्रममा १४ औं ओभरमा झनै कसिलो गर्दै ५ बल डट राख्दै मात्र १ रन खर्चिए। यस क्रममा उनले किमो पौल र गायना कप्तान क्रिस ग्रिनलाई बाँधेर राखे। चौथो ओभरमा सन्दीपले ४ रन खर्चिए ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top