वीरगञ्जमा उपचाररत बाराका दुई कोरोना संक्रमितको मृत्यु

९ भदौ ७७, बुधबार

१० भदौ, वीरगञ्ज । वीरगञ्जमा उपचाररत बाराका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । त्‍यसै दिन स्वाब नमुना संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

कोरोना संक्रमण देखिएदेखि नै उनलाई वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखिएको थियो । उपचारकै क्रममा भदौ ९ गते राति ८ बजेर ५ मिनेटमा उनको मृत्यु भएको थियो ।

त्यसैगरी विश्रामपुरका ४२ वर्षीय पुरुषमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृगौलारोगी उनमा स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा ल्याइएको थियो । उनको मंगलबार राति पौने ११ बजेतिर मृत्यु भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top