‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने सरकारको निर्णय

‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने सरकारको निर्णय

१० भदौ, काठमाडौं । सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ ।

विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको शिक्षा मन्त्रालय स्रोतले बतायो ।

शिक्षा मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउँदै आएको छ ।

विदेश अध्ययनका लागि विद्यार्थीहरुको रोजाइमा अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, चीनलगायतका देश पर्दछन् ।

नो अब्जेक्सन लेटर लिनेहरुको संख्या हरेक वर्ष बढ्दो छ । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार हरेक वर्ष विदेश अध्ययन गर्न जान चाहने झण्डै एक लाखले ‘नो अब्जेक्सन लेटर’ लिँदै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.