महोत्तरीमा भारतीय लहरीले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

१३ भदौ ७७, शनिबार

नितेश यादव
१३ भदौ, जनकपुरधाम ।
महोत्तरीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दीबास नगरपालिका–१ बस्ने शम्भु श्रेष्ठको मृत्यु भएको हो ।

Advertisement

शनिबार बिहान महोत्तरीको बर्दीबास नगरपालिका–१ बर्दीबास चौकमा रोकेर राखिएको ना. ३ स. २३६१ नम्बरको अटोलाई आर जे ०२ जिबी ३३४७ नम्बरको भारतीय लहरीले ठक्कर दिँदा अटो चालक श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि बर्दीबास जनसेवा हस्पिटल लगिएकोमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका पहरी प्रवक्ता सोनु कुमार साहले जानकारी दिए ।

Advertisement

भारतीय लहरी सहित चालक अरबिन कुमार बलाइतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top