कतारमा हट्दै प्रतिबन्ध, मंगलबारदेखि सार्वजनिक यातायात सूचारु हुने

योगेन्द्र योगी
१४ भदौ, दोहा ।
कतारले कोरोना महामारी (कोभिड–१९) को कारण लगाएको प्रतिबन्ध चरणबद्ध रुपमा हटाउने निर्णय अनुसार चौथो तथा अन्तिम चरणमा प्रवेश गरेको छ । जस अनुसार सेप्टेम्बर १ तारिख अर्थात मंगलबारदेखि मेट्रो,कर्वा बस लगायत सार्वजनिक यातायात सेवा ३० प्रतिशत यात्रु क्षमता राखेर पुनः सूचारु गरिने कतारको यातायात तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

सार्वजनिक यातायात क्षेत्रका सम्पूर्ण कर्मचारीले कोरोना परिक्षण गर्नु पर्ने, सबै सावधानीका उपायहरू अपनाएर सुनिश्चित गर्न सुपरभाइजरहरू परिचालन गरी यातायात पुनः सूचारु गर्न कतारको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

यातायातको टिकट अनलाइन बुकिङ्ग गर्नु पर्ने, स्टेशन भित्र र सार्वजनिक ट्रान्जिटमा खाने र पिउने प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ । धूम्रपान गर्न नपाइने तथा सामाजिक दूरी कायम गर्न पोस्टरहरू, फुटमार्क र संकेतहरू, फ्लोरहरू र सिटहरूमा अनिवार्य टास्नु पर्ने जनाएको छ । साथै, स्टेशनहरू सेनिटाइजर गरिराख्नु पर्नेछ ।

मोबाइलमा एह्तराज एप अनिवार्य हुनुपर्ने र ‘हरियो’ वस्तुस्थिति भएका र मास्क लगाउनेहरूलाई मात्र यात्रा गर्न अनुमति दिइने मन्त्रालयले जनाएको छ ।

यसघि कतारको विपत्ती व्यवस्थापन समितिले चौथो चरण दुई भागमा विभाजन गर्ने निर्णय गरेको थियो । सो निर्णय अन्तर्गत पहिलो भाग सेप्टेम्बर १ देखि र अवस्था सामान्य बन्दै गए दोस्रो भाग सेप्टेम्बर महिनाको तेस्रो हप्ता देखि लागू गरिने जनाएको छ ।

कतारमा अहिलेसम्म संक्रमितको संख्या १ लाख १८ हजार ४०७ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख १५ हजार २५१ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाका कारण १९६ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १८ जना नेपालीको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top