एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते

१३ भदौ ७७, आइतबार

१४ भाद्र, स्याङ्जा ।
स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दुई जना घाइते भएका छन् । काठमाडौंमा बिरामी पुर्याएर गर्भवती लिएर फर्किएको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ ५ को मझकोटमा बिहान ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट नगरपालिका वडा ९ का ३५ वर्षीय भानुभक्त गैरे र वडा नम्बर १० का श्याम पंगेनीको ज्यान गएको छ ।

दुर्घटनापछि घाइते भएका उनीहरुको उपचारका क्रममा गह्रौं प्राथमिक स्वास्थ्यचौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए । घाइते चापाकोट नगरपालिका ९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, त्यही ठाउँकी २८ वर्षीया पवित्रा पोखरेललाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

घाइते पवित्रा गर्भवती रहेको र गाउँमा सुत्केरी हुनका लागि काठमाडौंबाट गएको प्रहरीको भनाइ छ । एम्बुलेन्स सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top