सप्तरीमा थप एक कोरोना संक्रमित वृद्धाको मृत्यु

१३ भदौ ७७, आइतबार

नितेश यादव

Advertisement

१४ भदौ, जनकपुरधाम ।

सप्तरीमा कोरोना संक्रमणका कारण थप एक वृद्धा महिलाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–२ तेतरीगाछीकी ६५ वर्षीया एक वृद्धा महिलाको मृत्यु भएको हो ।

Advertisement

शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई राति उपचारकै ती महिलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो । धरान जाने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिए ।

Advertisement

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ जना सप्तरीको सदरमुकाम राजविराजकै छन् भने एक जना रुपनी गाउँपालिकाका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top