भोक मेटाउन पुनः सडकमा आउन थाले असङ्गठित मजदूर

१३ भदौ ७७, आइतबार

१४ भदाै, काठमाडौं ।

कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनःसडकमा आउन थालेका छन् । बजार सबै बन्द भएर कामविहिन भएपछि बाध्यताबस भोक मेटाउन बाध्यताबस सडकमा अउनुपरेको मजदूरको दुखेसो छ । काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा साँझको समयमा झण्डै पाँचदेखि सात सय मजदुर खाना कै लागि भेला हुने गरेका छन् ।

ज्याला मजदूरी गर्ने सिन्धुपाल्चोक कान्छा स्याङतान पाँच महिनादेखि बेकामे रहेका छन् । बीचमा बन्दाबन्दी खुले पनि राम्ररी काम पाएनन् । बन्दाबन्दी हट्दा ज्याला मजदुरीले जेनतेन खानसम्म पुगेको थियो । निषेधाज्ञा भएपछि भने फेरि पहिले झैँ भोकभोकै बस्नुपर्ने अवस्था आएपछि रत्नपार्कमा संस्थाले बाँडेको खानेकुरा खान थालेको स्याङ्तानले बताए । उनी भन्छन्, “हामीलाई काम गर्न देउ, गरेर खान्छौँ ।”

उनीहरुलाई हन्ड्रेड ग्रुपलगायत संस्थाले नियमित खाना खुवाउँदै आएको छ । खान पाउने भएपछि उपत्यकाका तीनै जिल्लामा कामविहिन मजदूर दिउँसो तीन बजे नै यहाँ भेला हुन्छन् । उनीहरुलाई चार बजेको समयमा खाना खुवाउने गरेको उक्त ग्रुपका संस्थापक अङ्शु यादवले बताए । उनका अनुसार रत्नपार्कमा झण्डै सात सयलाई खाना खुवाउने गरिएको छ । “विगतमा दुई/तीन सय आउँथे, अहिले बढेर छ/सात सय पुगेका छन्”, यादवले भने, “चैत १३ गतेदेखि हामीले शुरु गरेको खाना खुवाउने अभियान अहिलेसम्म जारी छ ।” विगतमा ठाउँठाउँमा पुगेर खाना खुवाउने गरिए पनि अहिले धेरै ठाउँमा जान नसकिएको उनले बताए ।

सडकमै भेटिएका होटल मजदुर पूर्णप्रसाद पाण्डेलाई विगतमा खानाको दुःख थिएन । बागबजारको होटलमा खाना पकाउने (कुक) उनी होटल बन्द भएपछि कामविहिन भए । उनी पनि संस्थाले दिएको खाना खान रत्नपार्कमा आउँछन् । शनिबार खानाको लाइनमा बसेका पाण्डेले अन्य क्षेत्रमा पनि मजदुर भोकभोकै रहेको बताए । थाहा पाएका निकै टाढाबाट खाना खान यहाँ आइपुग्छन् ।

त्यस्तै पीडा काठमाडौँमा १२ बर्षदेखि भारी बोक्दै आएएका सिन्धुपाल्चोकका कुमार श्रेष्ठको पनि छ । कोरोनाले गर्दा काम पाउन नसकेको दुखेसो गर्ने श्रेष्ठ पनि अहिले सडकमा कामविहिन रहेका छन् । कहिलेसम्म खानाको लागि सडकमा भौतारिनुपर्ने हो भनेर उनी पनि चिन्तित छन् ।

विगतमा सरकारले चैत ११ बाट बन्दाबन्दी लागू गरेको थियो । त्यसको अर्को हप्तामा असङ्गठित क्षेत्रका मजदुरलाई सरकारले खाना खुवाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयमा विभिन्न संस्थाले समेत साथ दिए । ठाउँठाउँमा भोजन गराएर भोकाहरुको पेट भर्ने वातावरण मिलेको थियो । बीचमा बन्दाबन्दी खुकुलो हुँदै आएपछि उनीहरुलाई सरकारले काम दिने निर्णय गरेको थियो । उक्त निर्णय कतिपय स्थानीय तहले लागू गरे पनि प्रभावकारी हुन सकेको थिएन । कोभिड–१९ को सङ्क्रमण जोखिम भएको भन्दै उक्त खाना खुवाउने अभियानलाई सरकारले नै निरुत्साहित गर्यो ।

गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य हुँदा मजदुर कामको खोजीमा हिँडेपछि धेरै मजदुर सडकमा देखिएका थिएनन् । यही भदौ चार गते उपत्यकामा अत्यावश्यक काम बाहेकका गतिविधिमा पूर्ण रोक लगाउने गरी निषेधको आदेश जारी भएपछि भने मजदुर पुनः सडकमा आउन थालेका हुन् ।

त्यसरी सडकमा आएका मजदुरलाई विभिन्न संस्थामा आवद्ध युवाको सक्रियतामा खाना खुवाउँदै आइएको छ । खाना खुवाउने अभियान चलाएको हन्ड्रेड गु्रपले संस्थाले गरेको काम फेसबुकमा हाल्ने गरेको छ । संस्थाका प्रतिनिधि आफैँ पनि पैसा उठाएर मजदुरलाई खानाको जोहो गर्ने गरेका छन् । फेसबुकबाट थाहा पाएर कति मनकारीले सहयोग पनि गर्छन् । त्यही रकमबाट खाना खुवाउने अभियान सफल भइरहेको यादवले बताए । बानेश्वरमा खाना बनाउने र टेम्पुलाई दैनिक एक हजार तिरेर खाना ल्याउने गरिएको छ ।

अभियानमा लायन्स क्लवलगायत विभिन्न संस्थाले सहयोग गर्ने गरेको छ । लायन्स क्लवका प्रतिनिधि इन्द्रबहादुर कार्की सामाजिक उत्तरदायित्व अन्तरगत मजदूरको भोक मेटाउनका लागि आवश्यक सहयोग गर्न थालेको बताउँछन् । उनले मजदुरहरुलाई सरकारले उचित व्यवस्थापन गर्न सके प्रभावकारी हुने सुझाव दिए ।

यसरी सडकमा आइपुगेका मजदुरहरुले भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकेका छैनन् । उनीहरुमा प्रभावकारी चेतना समेत पुग्न सकेको देखिएन । सडकका बेवारिसेमा समेत कोभिड–१९ देखिन थालेको वर्तमान अवस्थामा ती मजदूरले सामाजिक दूरी कायम गर्न नसक्दा जोखिम बढ्दो छ । महिनौदेखि प्रयोग भएको फोहर मास्क गोजीमा राखेर बसेका मजदुरले न त हात धुने गर्छन्, न त सेनिटाइज नै प्रयोग गर्न सक्छन् ।रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top