×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौंको जाम हटाउन कोटेश्वर-जडिबुटी सडक विस्तार सुरु

१५ भाद्र २०७७

१५ भदौ, काठमाडौँ ।
काठमाडौं उपत्यकामै सबैभन्दा बढी जान हुने कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ । सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछन । दक्षिण तिर दुई लेन र उत्तर तिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको हो ।

२ लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग हुने र बिचका ४ लेन सिधै कोटेश्वर—जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको हो । सबैभन्दा बढी जाम हुने क्षेत्रमा विस्तारपछि यातायात सहज हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङले बताए । पूर्ण रुपमा जाम नियन्त्रण गर्न नसकिएपनि २५/३० प्रतिशत जाम कम गर्न सकिने उनले बताए । सडक विभाग अन्तरगत काठमाडौं डिभिजनबाट सडक विस्तारको काम सुरु भएको हो । ४/६ महिनाभित्र सम्पन्न हुने गरी काम सुरु भएको उल्लेख गर्दै उनले जडिबुटी क्षेत्र आसपासमा रहेका नीजि क्षेत्रमा बनेका घरलाई मुआब्जाको व्यवस्था गरिने बताए ।

Advertisement
Advertisement

सार्वजनिक यातायातमा जिपिएस जडान र इ—टिकेटिङ सिस्टम लागु गर्ने गरी नीति तर्जुमा भइरहेको उनले बताए । सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख कुबेर नेपालीले सतप्रतिशत जाम कम गर्न नसकिएपनि करिब ४० प्रतिशत जाम सडक निर्माणपछि कम हुने दावी गरे । भक्तपुर पेप्सीकोलाबाट बालकुमारी तर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन हुने भएपछि जाममा बस्नुपर्ने अवस्था नहुने उनले बताए ।

Advertisement

सडक विस्तारको काम सुरु भइसकेको छ । परिस्थिति सहज भए कम्तिमा ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो । करिब १२ करोड लागतमा सडक विस्तार हुनेछ । यो साता नै टेण्डर खुला गरिने डिभिजन कार्यालयले जनाएको छ । उत्तरतर्फ लेन विस्तारका लागि विमानस्थलको जग्गा प्रयोग गरिएको छ । जाइकाको सहयोगमा सुरुङमार्ग निर्माणका लागि कार्ययोजना बनिरहेपनि तत्कालको समस्या समाधानका लागि लेन विस्तारको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top