टर्की सरकारको निशानामा परेकी इब्रु टिमटिकको अनशनमै देहवसान

१५ भदौ, एजेन्सी ।
राज्य सत्ताको अत्याचारविरुद्ध ८ महिनादेखि आमरण अनशनमा रहेकी टर्कीकी वकिल अन्ततः मृत्युवरण गर्न बाध्य भइन् । आफू र साथीहरूको मुद्दाको निष्पक्ष सुनुवाइ हुनुपर्ने माग गर्दै २ सय ३८ दिनदेखि आमरण अनशनरत टर्कीकी मानवअधिकारवादी वकिल इब्रु टिमटिकको मृत्यु भएको छ ।

४२ वर्षीया कुर्दिस वकिल इब्रुको इस्तानबुलस्थित अस्पतालमा बिहीबार निधन भएको टर्कीको प्रोग्रेसिभ लयर्स एसोसिएसनले जानकारी दिएको छ ।बिहीबार नै मृत्यु भएपनि उनको मृत्युको जानकारी भने शुक्रबारमात्र सार्वजनिक गरिएको थियो । इब्रुको मृत्युलाई अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरूले टर्किस न्याय प्रणाली र सरकारले गरेको हत्याको आरोप लगाएका छन ।

इब्रुसहित थप १७ जनालाई टर्किस सरकारले आतंकवादी समूहको सदस्य रहेको आरोपमा पक्राउ गरेको थियो । उनीहरूलाई गैरकानुनी घोषित रिभोलुसनरी पिपुल्स लिबरेसन पार्टी फ्रन्ट (डिएचकेपी–सी) समूहसँग सम्बद्ध भएको आरोप लागेको थियो ।यो संगठनलाई टर्की सरकारले आतंकवादी संगठन घोषित गरेको छ । यो संगठनलाई टर्की, संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनले आतंककारी घोषणा गरेका छन ।

Advertisement

सेप्टेम्बर सन् २०१७ मा उनलाई पक्राउ गरिएको थियो । इब्रुर उनका साथीहरूलाई अदालतले सुरुमा रिहागर्ने फैसला गरेको थियो । रिहा गर्ने फैसला गरेको २४ घन्टा नबित्दै बेनामी साक्षीको बयानका आधारमा उनीहरूलाई फेरि पक्राउ गरियो । गतवर्ष २०१९ को मार्चमा उनीहरूलाई १७ वर्ष ६ महिना जेल सजाय सुनाइएको थियो । यसरी आफू र आफ्ना साथीमाथि अन्यायपूर्ण फैसला गरिएकोे भन्दै निष्पक्ष सुनुवाइ हुनुपर्ने माग गर्दै इब्रुले २ जनवरी २०२० मा आमरण अनशन सुरु गरेकी थिइन् ।

Advertisement

टर्कीमा राष्ट्रपति रेसेप तैयप एर्दोगनको शासनकाल सुरुभए सँगै टर्किस अदालतको निष्पक्षता र स्वतन्त्रातमाथि विपक्षी राजनीतिक दल र मानवअधिकारकर्मीहरूले निरन्तर प्रश्न उठाइरहेका छन् । अझ इब्रुको मृत्युपछि शुक्रबार इस्तानबुल बारएसोसिएसन बाहिर अदालत र सरकारको विरोधमा ठूलो विरोध प्रदर्शन भएको छ ।उक्त प्रदर्शनमा प्रहरीले अश्रुग्यास र रबरको गोली चलाएको थियो ।आन्दोलनमा सहभागी केही वकिललाई प्रहरीले पक्राउ समेत गरेको छ ।

इब्रुको अन्तिम संस्कारमा सहभागी हुन पुगेका मानिसमाथि पनि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । समर्थकले इब्रु अमर छिन्, हत्यारा सरकार, इब्रु्रको हत्या भुल्ने छैनौँ लगायतका नारा लगाएका थिए । इब्रुको मृत्यु प्रति युरोपियन कमिसन र युरोपियन मानवअधिकारका उन्सिलले दुःख व्यक्त गरेका छन । टर्कीको सरकार तथा त्यहाँको न्याय प्रणालीले पत्रकार, अधिकारकर्मीलाई न्यायको पक्षमा बोल्न नदिने वातावरण सिर्जना गरेको प्रति उनीहरूले खेद व्यक्त गरेका छन् ।

१ जुनमा इब्रु र उनका १७ जना साथीको रिहाइका लागि इन्टरनेसनल एसोसिएसन अफ डेमोक्रेटिक लयर्सका तीन सय ६५ जना वकिल र टर्कीका चार सयजना वकिलले हस्ताक्षरसहित टर्कीको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि पिपुल्स लिबरेसन पार्टी फ्रन्ट (डिएचकेपी–सी) समूहसँग सम्बद्ध भएको आरोप लागेका दुईजना संगीतकर्मीको पनि गत अप्रिल र मे महिनामा मृत्यु भएको थियो  । उनीहरूपनि आमरण अनशन बसेका थिए । न्यायिक अधिकारको माग गरिरहेका व्यक्तिको लगातार मृत्यु हुनथाले पछि टर्की सरकार बहिरो भएको भन्दै त्यहाँका प्रगतिशील वकिलहरूले आलोचना गरेका छन्

 । मानवअधिकारवादी वकिल एर्डल डोगनले निष्पक्ष सुनुवाइ मानिसको आधारभूतअधिकार भएको बताए । आधारभूत मानवअधिकार मागगर्दा गर्दै वकिलको मृत्यु हुने अवस्था टर्कीको न्यायप्रणालीका लागि गम्भीर चेतावनी भएको बताए ।अदालत माथि राजनीतिक छाँया परेकै कारण इब्रुको मृत्यु भएको भन्दै एमनेस्टी इन्टरनेसनलले टर्किस अदालतलाई निष्पक्ष बनाउनुपर्ने माग गरेको छ । न्यायका नाम माटर्किस अदालतले अन्याय गरिरहेको एमनेस्टीले आरोप लगाएको छ ।

इब्रुको मृत्यु भएपनि उनीसँगै जेल परेका उनका साथी अयातक अनसुलले भने अनशन जारी राखेका छन ।इब्रुसँगै अनशनसुरु गरेका अयातकले अस्पतालमै अनशन जारी राखेका हुन । टर्कीमा हालसालै भएको सर्वेक्षण अनुसार सरकारी वकिलहरूले आतंकवाद विरोधी कानुनको दुरुपयोग गरिरहेका छन । पछिल्ला चार वर्षमा मात्र सरकारी वकिलले दुईलाख २० हजार मानिसमाथि आतंकवादी संगठनको सदस्य भएको आरोप लगाएर मुद्दा दायर गरेका छन । साहसी, वीर नारी, टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति न्याय, समानता र परिवर्तनका पक्षमा निर्भीकताका साथ आवाज उठाउदै आएको एउटा खम्बो कहिल्यै नउठ्ने गरी ढलेको छ । यो परिवर्तनका पक्षधरहरुका लागि अत्यन्त दुखद घटना हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

सम्बन्धित समाचार

Scroll to Top