विश्वप्रसिद्ध ‘एल क्लासिको’ भिडन्त अक्टोबरमा हुने

१६ भदौ, एजेन्सी । स्पेनिस ला लिगाको नयाँ सिजन अन्तर्गत रियल म्याड्रिड र बार्सिलोनाबीच हुने विश्वप्रसिद्ध ‘एल क्लासिको’ भिडन्त अक्टोबरमा हुने भएको छ ।

नयाँ सिजनको ला लिगा १३ सेप्टेम्वर २०२० बाट शुरु भएर २३ मे २०२१ मा सम्पन्न हुनेछ । बार्सिलोनाले घरेलु मैदानमा इल्चेसँग तथा रियल म्याड्रिडले घरेलु मैदानमा गेटाफेसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले जारी गरेको नयाँ सिजनको खेल तालिका अनुसार सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त सातौ राउन्डमै अक्टोबरमा हुने भएको हो । खेल बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा २५ अक्टोबरमा हुनेछ ।

Advertisement

दोस्रो एल क्लासिको रियल म्याड्रिडको घरेलु मैदानमा ११ अप्रिल २०२१ मा हुनेछ । जुन ला लिगाको ३०औं राउन्डको खेल हो । बार्सिलोनाले अवे मैदानमा एइवरसँग तथा रियल म्याड्रिडले घरेलु मैदानमै भिल्लारियलसँग खेल्दै सिजनको अन्त्य गर्नेछ ।

अघिल्लो सिजनको क्लासिकोमा एक खेल रियल म्याड्रिडले २–० ले आफ्नो पक्षमा पार्दा एक खेल गोलरहित बराबरीमा सकिएको थियो ।

Advertisement

यस्तै म्याड्रिड डर्वी (रियल र एट्लेटिको) बीचको पहिलो खेल रियलको घरेलु मैदानमा १३ डिसेम्वर २०२० मा तथा दोस्रो खेल एट्लेटिकोको मैदानमा ७ मार्च २०२१ मा हुनेछ ।

अगस्टमा युरोपियन प्रतियोगितामा संलग्न ५ टोली र शीर्ष डिभिजनमा बढुवाको लागि प्ले अफ खेलेको टोलीले सिजनको पहिलो राउन्डमा सहभागी हुनेछैन । जसमा युरोपियन प्रतियोगितामा सहभागी एट्लेटिको मड्रिड, सेभिल्ला, रियल म्याड्रिड, बार्सिलोना र शीर्ष डिभिजनमा बढुवाको लागि प्ले अफ खेलेका इल्चे रहेका छन् ।

एट्लेटिको, बार्सिलोना, सेभिल्ला र इल्चेको दोस्रो राउन्डको खेल पनि स्थगित हुनेछ । उनीहरुले रियल म्याड्रिड र गेटाफेभन्दा पछि सिजनको अन्तिम खेल खेलेका थिए ।

ग्रानडाले ला लिगाको चौथो राउन्डको खेल हुने समयमा युरोपा लिगको प्ले अफ खेल्नुपर्ने भएकाले सेप्टेम्वर ३० मा ओसासुनासँग हुने भनिएको खेल १२ जनवरीमा हुने ला लिगाले जनाएको छ । यस्तै ला लिगाले कुनै पनि समस्या नआए २३ मार्चमा सिजन सकिने बताएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top