कैलालीमा डेरामा बस्ने महिलालाई बलात्कार गरेको आरोपमा घरबेटी पक्राउ

१६ भदौ ७७, मंगलबार
Share this
812shares

१६ भदौ, कैलाली । कैलालीमा डेरामा बस्ने महिलालाई बलात्कार गरेको आरोपमा एकजना घरबेटी पक्राउ परेका छन्।

Advertisement

धनगढी उपमहागरपालिका-७ का २८ वर्षीय श्रीराम राना आफ्नै घरमा डेरा गरी बस्ने महिलालाई बलात्कार गरेको आइतबार आरोपमा पक्राउ परेका हुन्।

ज्यालादारी काम गर्ने ती महिलाका श्रीमान काममा गएका बेला कोठामा गएर डराइधम्काइ जबरजस्ती करणी गरी फरार भएका रानालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले पक्राउ परेका रानामाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top