वनको जग्गा दर्ता बदर गर्न माग गर्दै मुद्दा

१५ बैशाख ७५, आइतबार

पोखरा, १६ वैशाख ः पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ बागमाराका स्थानीयवासीले ‘चिलाउने चौतारा सालघारी बेतखोला’ भन्ने जंगलको ६८ रोपनी क्षेत्रफलको वनजग्गा दर्ता बदरको मागसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

चैनपुर पशुपतिघाट वन संरक्षण संघर्ष समितिले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी समुदायबाटै पूर्खौंदेखि उपयोगका साथै संरक्षण हुँदै आएको वन क्षेत्र षडयन्त्रपूर्ण तवरले २०३३ साल असार ३२ गते व्यक्तिका नाममा दर्ता गराएको पाइएको जानकारी गराइयो ।

लामो समयपछि मात्र वन जग्गा व्यक्तिका नाममा दर्ता गराएको थाहा पाइएपछि गत चैत २३ गते समुदायको भेला बसी त्यसलाई समुदायमा नै फिर्ता गराउन पाँचजनाको सचिवालयसहित सम्पूर्ण उपभोक्ता सदस्य रहने गरी संघर्ष समिति गठन गरिएको समितिका संयोजक मदनप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement

उनका अनुसार उक्त वन जग्गा दर्ता बदर गर्न माग गर्दै यही वैशाख १० गते कास्की जिल्ला अदालतमा १२१ घर उपभोक्ताका तर्फबाट मुद्दा दायर गरिएको छ ।

संघर्ष समितिका सदस्य प्रमोद आचार्यले स्थानीयवासीका तर्फबाट मुद्दा दायर भइसकेको अवस्थामा जग्गा पूर्ववत् रुपमा नै समुदायमा नै फर्कने विश्वास व्यक्त गरे ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top