विस्थापित छयालिस परिवारलाई सुरक्षित स्थानमा घडेरी

१६ बैशाख ७५, सोमबार

नुवाकोट, १७ वैशाख ः भूकम्पको कारण बासस्थान गुमाएर विस्थापित भएका दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका ४६ परिवारलाई शिखरबेँशीमा घडेरी खरिद गरी पुनःस्थापना थालिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घ्याङ्फेदीका विस्थापितमध्येका ४६ परिवारलाई सोही गाउँपालिका–७ शिखरबेँशीस्थित रामतीमा घडेरी खरिद गरी पीडित परिवारको नाममा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)उपलब्ध गराएको हो ।

शिखरबेँशीका आइतमान तामाङ, दमाइसिंह तामाङ र यदुकुमार अधिकारीसँग १९ रोपनी जग्गा रु ९२ लाखमा खरिद गरी विस्थापितको पुनःस्थापना शुरु गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए ।

४६ मध्ये ३४ परिवारको श्रीमान–श्रीमती दुवैको नाममा संयुक्त जग्गाधनी लालपूर्जा बनाइएको जग्गाको खोजी र नामसारीमा सहयोग पु¥याएको भूमि अधिकार मञ्च नुवाकोटका कार्यालय सचिव कल्पना न्यौपानेले जानकारी दिए । आवास पुनःनिर्माणका लागि सुरक्षित स्थानमा घडेरी प्राप्त गरेकाले एकीकृत बस्तीको निर्माण शुरु गर्न लागिएको छ ।

भूकम्पको कारण घ्याङ्फेदीमा बाँकी रहेका २८ परिवारका लागि सुरक्षित स्थानमा घडेरीको लागि जग्गा खोजी भइरहेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

तीन वर्षअघि गएको विनाशकारी भूकम्पको कारण बगेको सुख्खा पहिरोले बस्ती बगाएपछि सुरक्षित स्थानमा जग्गा व्यवस्था नहुँदा उनीहरु हालसम्म जोखिम स्थानको अस्थायी टहरामा नै बसोबास गर्दै आइरहेका छन् ।

जिल्लामा ३२४ परिवार जोखिम बस्तीमा रहेको सरकारी तथ्यांक भए पनि उर्लेनीका ५२ र लच्याङका १४ परिवारलाई यसअघि घडेरी उपलब्ध गराइएको थियो भने बाँकी पुनःस्थापनाको प्रतीक्षामा छन् ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top