पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न सकिने

२० भदौ ७७, शनिबार

योगेन्द्र योगी
२० भदौ, दोहा ।
कतार सरकारले पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने भएको छ । त्यस्तै भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्न सकिने भएको छ ।

Advertisement

कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारबाट ३१ अगस्ट २०२० मा प्राप्त परिपत्र अनुसार राहदानीको म्याद सकिएतापनि म्याद नाघेको एक वर्षभित्र कतारी आइडि एक वर्षको लागि नवीकरण गर्न सकिने र भिसिट भिसा निश्चित अवधिका लागि नवीकरण गर्न सकिने व्यवस्था कतार सरकारले लागू गरेको छ ।

अब पासापेर्टको म्याद सकिएको एक वर्ष ननाघेका नेपालीहरुले कतारी आईडी र भिसा सजिलै नवीकरण गर्न सक्ने दूतावासले उल्लेख गरेको छ ।

Advertisement

यो व्यवस्था कतार सरकारले कोरोना महामारी(कोभिड–१९) को कारणले राहदानी जारी तथा नवीकरण गर्न समस्या भएको हुनसक्ने अवस्थामा लागू गरेको दूतावासले जनाएको छ । कतार सरकारको यो निर्णय संगै पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न नसकेका नेपालीलाई फाइदा पुग्ने दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top