२० भाद्र, वीरगञ्ज ।
पर्सामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
कोरोना संक्रमणका कारण पकहा मैनपुर गाउँपालिका २ निवासी ७५ वर्षका बैजनाथ महतोको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। संक्रमित बृद्धको उपचारको क्रममा शुक्रबार राति साढे ११ बजे अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको चौरसियाले बताए ।
भदौ ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्पताल गण्डकमा उपचारको लागि भर्ना भएका थिए । उनी निमोनियाले ग्रसित थिए। यस्तै शनिबार बिहान कोरोनासित मिल्दोजुल्दो लक्षण देखिएका एक १२ वर्षका बालकको पनि मृत्यु भएको छ।
नारायणी अस्पतालमा उपचार गराइरहेका पर्सागढी नगरपालिका बिरुवागूठी टोलका १२ वर्षका बालकको उपचारको क्रममा शनिबार बिहान साढे दुई बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। निमोनियाले ग्रसित बालकको स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको चौरसियाले बताए।