आफ्नै साथीलाई मोटरसाइकलमा राखी घाँटी रेटी हत्या

२० भदौ, झापा ।
झापाको स्थानीय एक सडकमा मृत भेटिएका २९ बर्षीय गोमन सिंह मगरको हत्या भएको खुलेको छ । झापाको शिवसताक्षी नगरपालिका ११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्ड किनारमा मृत अवस्थामा फेला परेका एक ब्यक्तिको हत्या भएको पुष्टि भएको हो ।

Advertisement

यही भाद्र १७ गते बिहान १० बजे सोही स्थानका २९ बर्षीय मगर मृत अस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धानमा खटिएको प्रहरकिो संयुक्त टोलीले मगरको हत्या गरी फरार रहेका शिवसताक्षी ८ का ३२ बर्षीय मनकुमार लिम्बु लाई शनिबार पक्राउ गरेको छ । लिम्बुले १६ गते साझँ साढे ६ बजे गोमन सिंहलाई घुम्न जाउँ भनि घरबाट बोलाएका थिए ।

Advertisement

साथीले बोलाए पछि मोटरसाईकलमा आएका गोमन सिंहलाई सताक्षीधाम मन्दिर तर्फ हावा खान जाम भनि उनी सोही मोटरसाइकल पछाडी बसी घटनास्थल तर्फ लिएर गएका थिए । मोटरसाइकल पछाडी बसेकै बेला लिम्बुले पछाडीबाट गोमन सिंहलाई धारिलो हतियार कर्दले पटक-पटक घाँटीमा रेटी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

लिम्बुले हत्यामा प्रयोग गरेको कर्द र उनले बोकेको मोबाइल समेत बरामद गरिएको छ । निजहरु विच भएको आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबले हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top