जर्मनीका विदेशमन्त्रीद्वारा रूसमाथि प्रतिबन्धको चेतावनी

२१ भदाै, बर्लिन।
युरोपेली युनियनको हालको प्रमुख नेतृत्व गरिरहेको मुलुक जर्मनीले रसियाविरुद्ध सम्भावित प्रतिबन्धहरूको बारेमा छलफल गर्ने बताएको छ ।
रूसी प्रशासनिक केन्द्र क्रेमलिनले एलेक्सी नाभाल्नी विरूद्धको ‘विष काण्ड’ बारे छिट्टै स्पष्टीकरण नदिए रूसविरूद्ध प्रतिबन्ध लगाउने जर्मन विदेशमन्त्री हेइको मासले आइतबार जर्मनीको दैनिक पत्रिका बाइल्डसँगको कुराकानीका क्रममा चेतावनी दिएका हुन् ।

Advertisement

रूसी विपक्षी नेता र भ्रष्टाचार विरोधी अभियानकर्ता नाभाल्नी गत महिना मस्कोका लागि भएको उडानमा बिरामी परेपछि विमानलाई आकस्मिक अवतरण गराई रूसकै साइबेरियाको एउटा अस्पतालमा भर्ना गरिएको थियो । पछि परिवारको अनुरोधमा नाभाल्नीलाई वेहोस अवस्थामा बर्लिन लगिएको थियो ।

सोभियत युगको ‘नर्भ एजेन्ट’ नोविचोकको प्रयोग गरी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रमुख आलोचकलार्ई विष दिएकोे ‘अपुष्ट प्रमाण’ भेटिएको जर्मनीले गत साता बताएको थियो । “हामी रूसी सरकारले यो गम्भीर अपराधको समाधान गर्नेमा उच्च अपेक्षा राख्छौं,“ मासले भने । “यदि रूस सरकारले यस हमलासँग केही गर्नुपर्दैन भने यस तथ्यलाई समर्थन गर्नु उसको आफ्नै हितमा हुनेछ ।”

Advertisement

यदि रूसले ‘आउँदो दिनमा’ के भयो भनेर स्पष्ट गर्न मद्दत गरेन भने जर्मनीले ‘आफ्ना सहयोगीहरु’सँगको प्रतिक्रियाको बारेमा छलफल गर्न बाध्य हुनेछ,” मासले रूसविरूद्ध चेतावनीपूर्ण भाषामा भने। उनले थपे, “नाभाल्नीविरूद्धको अपराध भनेको अन्तर्राष्ट्रिय रसायनिक हतियार सम्मेलनको उल्लङ्घन हो र यसको उचित प्रतिक्रिया हुनुपर्दछ । जब हामी प्रतिबन्धहरूको बारेमा सोच्छौं त्यसलाई सकेसम्म यस विषयसँग लक्षित गरिनुपर्दछ ।”

पश्चिमी नेताहरू र नाभाल्नीको सहयोगीहरूले रूसी भूमिमा एक उच्च प्रोफाइलका विपक्षी नेताविरूद्ध रासायनिक हतियारको पहिलो प्रयोग भएको दावी गरेका छन् । क्रेमलिनले उक्त आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ साथै विदेश मन्त्री सेर्गेई लाभरोभले जर्मनीले मस्कोका अभियोजनकर्ताहरुलाई यस विषयमा पत्ता लागेका कुनै पनि कुरा जानकारी नगराएको बताए

Advertisement

विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले नाभल्नी मुद्दाको छानबिन गर्न जर्मनीले अवरोध सिर्जना गरेको उल्टो आरोप लगाएका छन्।रासस / एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top