×

NEPAL TIMES UPDATES

Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026

पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार–पाँच वर्ष लाग्ने

२३ भाद्र २०७७

२३ भाद्र, काठमाडौं ।
कोरोनाभाइरसका कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार–पाँच वर्ष लाग्ने सरोकारवालाले बताएका छन्।

कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाले जोड दिए। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको सेजन अर्थनीति बहसअन्तर्गत पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन्।

Advertisement

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायत निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए। कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए।

‘अब मास टुरिजमको एरा गयो’, पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने। उनले पर्यटन क्षेत्रमा केही नयाँ आविष्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताए। कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाइ छ। नेपालमा पर्यटक भित्र्याउन ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्न सके पर्यटक भित्र्याउन सकिनेमा श्रेष्ठको जोड छ। त्यसका लागि पर्यटकको स्वास्थ्य सुरक्षा तथा बिमाका कुरालाई समेटेर प्याकेज ल्याउन सकिने भन्दै यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए।

त्यसैगरी, पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार÷पाँच वर्ष लाग्ने बताए। ‘ सन् २०२४–०२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न’, संयोजक शाक्यले भने।

कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या भएकाले सरकारलाई पनि राजस्व उठाउन समस्या भइरहेका बेला सरकारको भर पर्नुभन्दा व्यवसायीले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताए। त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घर भाडालगायत खर्च कटौती गर्न पाउनुपर्ने बताए। पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन खर्च कटौतीको विकल्प नभएको संयोजक शाक्यले बताए।

Advertisement

पर्यटन क्षेत्रको उत्थानका लागि बजेटमार्फत ल्याएको प्याकेजलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top